तेस्रो शितगङ्गा महोत्सवमा : ‘धुर्मुस–सुन्तली’लाई हेर्ने दर्शकको ओइरो गैरीखेत भरिभराउ

झनक के.सि,
अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वाड न-२ सितापुर गैरिखेतमा तेस्रो शितगङ्गा महोत्सव-२०८० नवौ दिनमा हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्तिथि र भिडभाडले सितापुरको गैरिखेत पहिलो पटक भरिएको छ।

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन ।

तेस्रो शितगङ्गा कृषि पर्यटन महोत्सव २०८० सितापुर गैरिखेतमा माघ २० शनिवार महोत्सवमा प्रस्तुति दिँदै यो जोडी वर्षौपछि स्टेज शोमा फर्किएका छौ यहाँहरुको मायाले हामि फेरि फर्किन बाध्य भएका छौ । जोडीलाई देशका विभिन्न जिल्लामा भइरहेका मेला महोत्सवबाट अफरको ओइरो लागेको छ ।

तेस्रो शितगङ्गा महोत्सवमा सनिबार करिब ८ हजार दर्शकले महोत्सव अबलोकन गरेका छन सितापुरको गैरिखेत भरिभराउ भएको छ। जोडिलाई आयोजक र ब्यबस्थापन टिमले विशेष धन्यबाद दिएको छ। दर्शकको मायाले गर्दा जोडिलाई नाङ्गो आखाले प्रत्यक्ष देख्न पाउँदा स्थानिय दर्शकहरु खुशी भएका छ्न।

देशकै प्रसिद्ध मन्दिर सुपा देउराली पुगेर दर्शन गरेका छन जोडि मन्दिरमा पुग्दा फोटो र सेल्फी खिच्नेको भिडले मनमा आनन्द भएको जोडिले जानकारी दिए।

अर्घाखाँची दोस्रो पटक आउने मौका पाएका छौ भगवान रुपि दर्शकहरुलाई मनै देखि माया गरेका छौ भन्दै खुशी साटा साट गरेका थिए।

जोडिलाई थुप्रै महोत्सवमा आफूहरूको प्रस्तुति तय भइसकेको धुर्मुसले जानकारी दिए । माघ २१ गते उनीहरूले ‘पाचौ मनहरी महोत्सव २०८० मकवानपुर प्रस्तुति दिँदैछन् ।

महोत्सवमा उनीहरू दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोसाकमा प्रस्तुत हुने गरेका छन् । वर्षौपछि स्टेजमा फर्किएका उनीहरूलाई देख्न र प्रस्तुति हेर्न दाङको लालमटिया र धादिङको महोत्सवमा दर्शकहरुको बाक्लो भीड लागेको थियो । आज शितगङ्गा महोत्सव सितापुरको गैरीखेतमा पनि दर्शकको बाक्लो भिड लागेको थियो।

उनीहरूले अब स्टेज कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । सामाजिक अभियानकर्ता भएर २०७२ सालपछि यो जोडी बस्ती निर्माण, वीर अस्पतालमा रंगरोगन तथा रंगशाला निर्माण लगायतका सामाजिक काममा सक्रिय रहेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?