भ्रष्टचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन हुदैन : महामन्त्री सिंह

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको राष्ट्रियता गम्भीर संकटमा परेको बताएका छन्।

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले विभिन्न घटनामा दोषी भ्रष्टचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिएका हुन् ।

देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेका छन्।

‘देश अहिले गम्भीर संकटमा छ, गणतन्त्र धर्म निरपेक्षता लगायतका उपलब्धिहरु जोखिममा परेका छन्।’ उनले भने ‘प्रतिगमनकारीहरु अराजकता फैल्याएर प्राप्त उपलब्धिहरुलाई समाप्त पार्ने दाउमा छन्। त्यो सफल हुने सम्भावना छैन तर दलहरु सचेत हुनुपर्छ।’

वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना समेत नभएको बताउँदै उनले पाँच दलीय गठबन्धनले पाँच वर्ष सरकार चलाउने बताए। उनले अमेरिका लगायतका शक्तिशाली देशहरुले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गरे। विगतमा यहाँका दलका नेताहरुलाई आफ्नो अनुकुल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर नेपालमा हस्तक्षेप गर्न लगाएको सिंहले बताए। अमेरिकाले आफ्नो स्रोत साधनको प्रयोग गरेर आफ्नो अनुकुल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको उनले दावी  गरे।

चीनलाई साईजमा राख्नका लागि अमेरिकाले नेपालको भूमि प्रयोग गर्न खोजेको समेत दाबी गरे। ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसंग छ, त्यसले गर्दा पनि उसले चीनलाई साईजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ।’उनले भने,‘यहाँको अस्थीरतामा खेलेर नयाँ दलमार्फत त्यो स्वार्थ पूरा गर्ने तयारीमा रहेको देखिन्छ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?