नेपाल ज्योतिष परिषद्को केन्द्रीय प्रवक्तामा पौडेल

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा अर्घाखाँची पाणिनि ०६ धातिवाङ्ग निवासी शिवलाल पौडेल मनोनित भएका छन् । मिति २०८१।०३।२५ गते बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका पौडेललाई प्रवक्तामा मनोनित गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट आचार्य प्रथम बर्ष अध्ययन गर्दै गरेका विद्यार्थी समेत रहेका शिवलाल पौडेल विगत ५ बर्ष देखि परिषद्का विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका छन् ।

अर्घाखाँची जिल्ला सदस्य, संगठन सचिव, पाँचौ महाधिवेशनमा केन्द्रीय पार्षद तथा मन्च तथा भोजन व्यवस्थापन समितिको सदस्य सचिव, बागमती, सुदुरपश्चिम, कर्णाली, गण्डकी, मधेस प्रदेशमा निर्वाचन सदस्य र सिन्धुपाल्चोक, ललितपुर, मकवानपुर र काठमाडौँमा निर्वाचन सचिवका रूपमा सफल कार्यसम्पादन गरेका पौडेल नेपाल ज्योतिष परिषद्को कार्यालय सचिवको रुपमा समेत कार्यरत छन् ।

परिषद्ले दिएका हरेक जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्दै आएका पौडेलले आफु प्रवक्तामा मनोनित भएपछि ज्योतिष परिषद्को श्रीवृद्धी र संगठन विस्तारमा महत्त्वपूर्ण भुमिका खेल्दै आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्ने बताएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?