बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त

नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो । मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई अस्वीकार गर्न नसक्ने भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइसकेका छन । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका थिए ।

युनुस अहिले उपचारका लागि फ्रान्समा छन । सरकार प्रमुखमा चुनिएपछि उनी अब स्वदेश फर्किने तयारीमा रहेको खबरमा उल्लेख छ । अहिले अन्तरिम सरकारको प्रमुखमा नियुक्त युनुस बङ्गलादेशका सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक नेता हुन।

उनले गरिबी उन्मूलनका लागि गरेको विशेष प्रयासका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । युनुसले सन् १९८३ मा गरिबहरूलाई स–साना ऋण उपलब्ध गराउने ग्रामीण बैंक स्थापना गरेका थिए । यसले ठूलो सङ्ख्यामा मानिसहरूको जीवनस्तर उकास्न सफल भएको छ ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिन्छन । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गरेका थिए । गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?