अर्घाखाँची: पाणिनिको बहुप्राविधिक शिक्षालयमा ‘फेरि भेटौंला’ कार्यक्रम सम्पन्न

अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनि बहुप्राविधिक शिक्षालय, चिबेकमा एक भव्य कार्यक्रमका बीच विद्यार्थीहरूको विदाई तथा ‘फेरि भेटौँला’ कार्यक्रम आज सम्पन्न भएको छ।

इन्जिनियरिङ समूह पाँचौं सेमेस्टरका विद्यार्थीहरूले उक्त कार्यक्रमको आयोजना गरेका हुन् । आज आयोजित उक्त कार्यक्रममा विपना बुढा, रेखा सुनार लगायतका विद्यार्थीहरुले आकर्षक स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा पाँचौं सेमेस्टर, इन्जिनियरिङ समूहका विद्यार्थीहरुले छैठौं सेमेस्टरका विद्यार्थीहरुलाई ‘मायाको चिनो’ समेत प्रदान गरेका थिए । यस कार्यक्रममा प्रशिक्षकहरूका तर्फबाट मित्रबहादुर सोमै, हिमाल पाण्डे लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए भने विद्यार्थीहरूको तर्फबाट पाँचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी स्मृति अधिकारीले शुभकामना मन्तव्य प्रस्तुत गरेकी थिइन् । कार्यक्रमलाई रोचक एवं आकर्षक बनाउन विभिन्न खालका मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहेका थिए ।त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शिक्षालय प्रमुख मणि गैरेले विद्यार्थीहरूलाई अहिलेको युग भनेको प्राविधिक शिक्षाको युग भएको हुँदा यसको महत्त्व र उपादेयता राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा व्यापक रहेको बताउँदै विद्यार्थीहरूले इमान्दारिता, लगनशीलता र कर्तव्य परायण भएर शिक्षा प्राप्तिका लागि लाग्नुपर्ने बताएका थिए ।

शिक्षालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमको अध्यक्षता पाँचौं सेमेस्टरका विद्यार्थी निर्मल भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन अन्सुल खड्का र मनिषा आचार्यले गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?