पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री आचार्यद्वारा स्थलगत निरीक्षण

अर्घाखाँची । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन स्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिएका हुन् । 

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रविन्दु बनाई सम्मेलन चैत २७ र २८ गते आयोजना गरिन लागेको सम्मेलनको पूर्वसन्ध्यामा मुख्यमन्त्री आचार्यसहित सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको टोलीले अवलोकन भ्रमण गरेको हो । स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन र प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

उनले सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाइ, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालनसम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशनसमेत दिए ।

संस्कृत व्याकरणका पिता पाणिनिको तपोभूमिको पहिचान, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ । स्थानीय तह, प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनले पाणिनि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?