बूढीगङ्गा नगरपालिका : मेयरमा एमालेका बानियाँ कांग्रेसका खातीभन्दा ७ सय ८ मतले अगाडि

बाजुराको बूढीगङ्गा नगरपालिकामा मत गणना भइरहेको छ । मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ ।

एमालेबाट मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा माया कुँवर तथा नेपाली कांग्रेसबाट मेयरमा रङ्गबहादुर खाती, उपमेयरमा रीता शाही प्रतिस्पर्धामा छन् । पछिल्लो मत परिणाम अनुसार मेयरमा बानियाँले ३ हजार ८ सय ८१ र खातीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्  । बानियाँ खातीभन्दा ७ सय ८ मतले अगाडि छन् ।  उपमेयरमा माया कुँवरले ३ हजार ७ सय ५३ र रीता शाहीले ३ हजार १ सय ५३ प्राप्त गरेका छन् ।

अहिले सम्म वडा नम्बर १, २, ३, ७, ८, ९ र १० को मत परिणाम आइसकेको छ । एमालेले पाँच र कांग्रेसले दुई वडा जितेको छ । वडा १ मा एमालेका रणबहादुर थापा, दुईमा एमालेका पदमबहादुर भण्डारी, तीनमा एमालेकै खड्कबहादुर अधिकारी, वडा ९ मा एमालेका मीनबहादुर सिंह र १० मा एमालेका दलबहादुर साउद विजयी हुनुभएको छ भने वडा ७ मा कांग्रेसका भुवन सिंह केसी र ८ मा कांग्रेसका रमेशबहादुर रावल निर्वाचित भएका छन् ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुन : मतदान गरेको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?