एनएमबि बैंक तौलिहवा शाखाद्वारा विद्यालयलाइ वाटर डिस्पेन्सर सहयोग

-अर्जुनदृष्टि, बुटवल । एनएमबि बैंक तौलिहवा शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत कपिलवस्तु स्थित एक विद्यालयलाइ सहयोग गरेकोछ ।

कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा न.७ स्थित श्री राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा एनएमबि बैंकले सहयोग हस्तान्तरण गरेको हो । विद्यालयमा वाटर डिस्पेन्सर जोडिए सगै विद्यालयका १६ शिक्षक, करिव ४ सय विद्यार्थीहरु तथा दैनिक आउने अभिभावक र आतिथिहरु स्वच्छ र चिसो खानेपानीबाट लाभान्वित हुने बैंकले विस्वास लिएकोछ ।

कपिलवस्तु तौलिहवा स्थित एनएमबि बैंकका शाखा प्रबन्धक संजय भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष-रामानन्द चौधरी कुर्मी र प्राचार्य- राज कुमार कोहारलाइ एक विशेष कार्यक्रमका बीच वाटर डिस्पेसर हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिती, शिक्षक एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालय अध्यक्ष र प्राचार्यले एनएमबि बैंकले आफुहरुको विद्यालय छनौट गरि शिक्षक, विद्यार्थीहरुको स्वास्थ प्रति देखाएको संवेदनशीलता र सहयोगप्रति आभार व्यक्त गर्दै बैंकले सामाजिक उत्तरदायित्व बहन गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।

एनएमबि बैंक तौलिहवा शाखा प्रबन्धक संजय भण्डारीले विद्यालय र विद्यार्थीहरुको स्व्च्छ र चिसो खानेपानीको आवश्यकतालाइ मध्यनजर गरेर बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग प्रदान गरिएको बताउनुभयो । उहाँले आमजनताको रोजाइको एनएमबि बैंकले अत्याधुनिक बैंकिङ्ग सेवासगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु विगत देखि गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तर गरिने जानकारी दिनुभयो । उहाँले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै छिटोछरितो, सरल खाता खोल्ने, डिपोजिट गर्ने, कम ब्याजदरमा कर्जा प्रदान कार्यहरू लगायत थुप्रै सर्वसुलभ सेवाहरु एनएमबि बैंकले प्रदान गर्दै आएकोले आमनागरिक त्यसबाट लाभान्वित हुन आग्रह गर्नुभयो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?