संसदीय छानबिन विशेष समितिले म्याद थपको माग गर्ने

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाउने समय थप गर्न माग गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले सभामुख अग्निप्रसाद सापकोटासँग म्याद थपको विषयमा छलफल गर्ने जानकारी दिए ।

‘हामीले म्याद थपका लागि सभामुख आग्रह गर्ने भएका छौं’ कर्णले भने, ‘कति दिन भन्ने विषयमा सभामुखको सभामार्फत् जानकारी दिनु होला ।’

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति बोलाएर करको दर हेरफेरको आरोप लागेपछि सभामुख सापकोटाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरेका थिए । त्यसैदिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । समितिलाई काम सुरु गरेको मितिबाट १० दिनको समय तोकिएको थियो । असार २८ गते काम सुरु गरेको समितिको कार्यकाल बिहीबार सकिदैछ ।

समितिले बुधबार पूर्व अर्थसचिव रामेश्वर खनाल, शान्तराज सुवेदी र शिशिर ढुंगानासँग छलफल गरेका थिए । त्यसैगरी बिहीबार बिहान ८ बने पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ । हालसम्म समितिले अर्थमन्त्रालय पुगेर घटनाको बारेमा जानकारी लिएको थियो । समितिले अर्थ मन्त्रालयमा प्राप्त सीसीटीभी फुटेज रिकभरीका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाएको छ । त्यसैगरी बजेट निर्माण कार्यमा संलग्न रहेका अर्थमन्त्रालयका अधिकारीहरुसँग जेठ १४ गतेको घटनाको बारेमा जानकारी लिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?