विक्रमासिंघेले लिए राष्ट्रपतिमा शपथ

एजेन्सी । श्रीलंकाको ८ औं राष्ट्रपतिमा रनिल विक्रमासिंघेले शपथ ग्रहण गरेका छन्। आज संसद भवनमा उनलाई प्रधानन्यायाधीश जयन्त जयसुर्याले शपथ ग्रहण गराए।

श्रीलंका आर्थिक संकटमा पुगेपछि नागरिकले निवर्तमान राष्ट्रपति गोतावाया राजापक्षेविरुद्ध आन्दोलन चर्काएका थिए।  त्यसपछि देश छाडेर भागेका राजापाक्ष अहिले सिंगापुर पुगेका छन्।

हिजो संसदले राष्ट्रपतिमा विक्रमासिंघेलाई राष्ट्रपतिमा अनुमोदन गरेको छ।  दुई महिनाअघि मात्रै विक्रमासिंघेलाई राष्ट्रपति राजापाक्षले प्रधानमन्त्रीमा नियुक्त भएका थिए। जनतामाझ अलोकप्रिय विक्रमासिंहे राष्ट्रपति बनेपछि श्रीलंकाका आन्दोलनकारी भने अब के गर्ने भन्ने अन्योलमा छन्।

राजापाक्षको चरम परिवारवादले श्रीलंकाको आर्थिक भण्डार रित्तिएको छ। जनता औषधि लगायतका अत्यावश्यक सामग्रीको अभावमा छटपटाइरहेका छन्। त्यसको व्यवस्थापनमा भने रनिललाई चुनौति रहेको छ। उनले सबै दललाई मिलाएर लैजाने प्रतिवद्धता जनाएका छन्।

को हुन् विक्रमासिंघे

७३ वर्षीय उनी सन् १९९४ देखि युनाइटेड नेशनल पार्टी (युएनपी) को नेता हुन्। उनी ६ पटक श्रीलंकाको प्रधानमन्त्री बने।  राष्ट्रपति विक्रमासिङ्घेले सन् १९९४ देखि २००१ र २००४ देखि २०१५ सम्म विपक्षी दलको नेताको रूपमा पनि काम गरेका थिए।

सन् १९७० बाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी पहिलो पटक १९७७ को संसदीय चुनाव निर्वाचित भए र विदेश मन्त्री बने।  त्यसपछि उनी युवा मामिला र रोजगार मन्त्रीको रूपमा नियुक्त भए र श्रीलंकाको सबैभन्दा कान्छो  मन्त्री बने।

नवनिर्वाचित राष्ट्रपतिले २०२० संसदीय चुनाव लडे तर पराजित भए।  गत मे मा विक्रमासिंघेलाई महिन्दा राजापाक्षेको राजीनामापछि प्रधानमन्त्रीको रूपमा पुन? नियुक्त गरेका थिए।

विक्रमासिंघे १३ जुलाई २०२२ मा कार्यवाहक राष्ट्रपति बने। उनले देशको समस्या समाधानका लागि सबै राजनीतिक दललाई मिलेर काम गर्न आह्वान गर्दै आजैदेखि छलफल सुरु गर्ने तयारी गरेको बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?