प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियाेगिता हुने

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति काठमाडौंले प्याब्सन अन्तर-विद्यालय तीज विशेष नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। प्याब्सनले बुधबार पत्रकार सम्मेलन गरि नृत्य प्रतियोगिताको नवौँ संस्करण भदौ १२ गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुने जानकारी दिएको हो।

प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगिताको ८ औँ संस्करण सम्पन्न भइसक्दा धेरै प्रतिभा जन्माउन सफल भएको भन्दै आगामी वर्षहरूमा पनि निरन्तर कार्यक्रम आयोजना गर्दै जाने बताए ।

प्याब्सनका उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल) ले २०६९ सालदेखि नै मौलिक संस्कृतिलाई विद्यालय स्तरबाटै संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिइन्।

उनका अनुसार यो कार्यक्रममा काठमाडौं जिल्लाका ५० वटा विद्यालय सहभागी गराइनेछ। सहभागीमध्ये उत्कृष्ट पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने निजी विद्यालय एवं विद्यार्थीलाई क्रमश: २० हजार, १५ हजार र १० हजार नगद, सर्टिफिकेट र मेडलले पुरस्कृत गरिने जानकारी उनले दिइन्।

१० औँ उत्कृष्ट स्थानसम्म आउने विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनको भनाइ छ। ‘विद्यालयहरूले यही साउन ३१ गतेसम्म तीज गीतको बोलसहित दर्ता गराउनुपर्नेछ, प्रतियोगितामा कक्षा १० सम्मका छात्राहरूलाई मात्र सहभागी गराइनेछ,’ उनले भनिन्।

उनका अनुसार नेपाली संस्कृति झल्किने तीज गीतमा मात्र नृत्य गर्न पाइनेछ। उक्त गीत ५ मिनेटको हुनुपर्नेछ‚ त्यसभन्दा बढी समयको भए त्यसको मूल्यांकन हुने छैन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?