श्रीमानकाे मृत्यु भएकाे प्रमाणपत्र बनाउन पुगेकी महिलालाई वडाध्यक्षले दिए विवाह नै नभएकाे सिफारिस

गुल्मी। गुल्मीको सत्यवती गाउँपालिका– ८ का वडा अध्यक्ष होमबहादुर रानाले विवाहित महिलालाई अविवाहित भनेर सिफारिस गरेपछि सामाजिक सञ्जालमा उक्त सिफारिस पत्र भाइरल भएको छ।

सोमबार वडाध्यक्ष रानाले सोही वडाका रामबहादुर आलेकी श्रीमती गौमाया आलेको कहीँ कतै विवाह नभएको भनेर सिफारिस गरेका थिए। सोही पत्रको माथिल्लो अंशमा रामबहादुर आलेकी श्रीमती भनिएको छ भने त्यसकै अन्तिम वाक्यमा उनको कहीँ कतै पनि विवाह नभएकोले अविवाहित हुन् भनेर उल्लेख गरिएको छ।

यसरी विवाहित महिलालाई अविवाहित भनि सिफारिस गरेपछि सो सिफारिस पत्र सामाजिक सञ्जालमा भाइरल भएको हो।

वडा अध्यक्ष रानाले भने प्राविधिक गड्बढीले यस्तो भएको बताएका छन्। ‘हो, त्यो सिफारिस मैले गरेको हो,’ वडा अध्यक्ष रानाले भने,‘उहाँको श्रीमानको मृत्यु भएको छ, त्यसैले उहाँ सामाजिक सुरक्षा भत्ताको लागि एकल महिला भएको सिफासिस बनाउन आउनु भएको हो, हामीले हिजो रातिसम्म काम गरिरहेका थियौँ, हतारमा मिस्टेक भएछ।’
उनकाअनुसार गौमायाका श्रीमानको मृत्यु भएकोले सामाजिक सुरक्षा भत्ताको लागि एकल महिला भएको प्रमाण बनाउन वडा कार्यालय पुगेकी हुन्।

त्यस्तै, आइतबार गलत सिफारिस गरेको वडाले आज हिजोकै मिति उल्लेख गरेर गौमायालई अर्को पत्र बनाइदिएको छ। जसमा उनका श्रीमान रामबहादुर आलेको मिति २०७७ वैशाख १ गते निधन भएको र त्यसपश्चात कहीँ विवाह नगरेको उल्लेख गरिएको छ। बिएल नेपाली

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?