भदौ १ गतेदेखि सिसडाेल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने सरोकार समितिको चेतावनी

काठमाण्डौ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौदेखि सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।

समितिले आज बिहीवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर नेपाल सरकार, राजनीतिक दल, प्रशासनिक तथा न्यायिक निकाय, काठमाण्डौ महानगरपालिकासमेतलाई फोहोर नफाल्न अन्तिम पटक अनुरोध गरेको जनाएको छ । बन्चरेडाँडा सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले मानव बस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको आरोप लगाउँदै अब सधैँका लागि फोहोर फाल्ने काम रोक्ने चेतावनी दिए ।

सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उनले उपत्यकाको फोहोरमैला सिसडोल, बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजान सधैँका लागि बन्द गर्ने गरी बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।

ढुङ्गानाले आजसम्म बन्चरेडाँडामा फोहोर फालेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने काम मात्रै भएको भन्दै अब कसैको स्वार्थ पूरा गर्नका लागि बञ्चरेडाँडा र सिसडोलवासीले स्वास्थ्य दाउमा नराख्ने बताए ।

यस्तै नुवाकोटको ककनी वडा नम्बर २ का समाजसेवी राजुप्रसाद न्यौपानेले बाटो, शिक्षा, स्वास्थ्यमा विकास हुन्छ भनेर सिसडोलका स्थानीयले फोहोरमैला विसर्जनमा सहमति जनाएको भए पनि स्थानीय नागरिकको सपनामाथि सरकारले घात गरेको आरोप लगाए ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?