अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला नेपाली गीत संगीतको क्षेत्रमा निकै सक्रिय देखिन्छन्।उनका सिर्जनाहरु एकपछि अर्को बजारमा सार्वजनिक भइरहेका छन । “लालुमै वर पिपलको छाँया” केही दिन अगाडि सार्वजनिक भएको थियो।त्यस्तै गरी उनको सिर्जनामा “सारी लर्काउदै” बोलको तीज गीत सार्वजनिक भएको छ।
अभिनव चौहानको शब्द/संगीत राम परियार र माया दर्नाल दर्नाल परियारको आवाज, कृष्ण लामिछानेको एरेन्ज तथा मिक्सिङमा मंगलमा अडियो तयार भएको गीत हो।त्यसैगरी विष्णु भट्टराईको निर्देशन/छायांकन र सम्पादन अजय भुसाल र रश्मिको डान्स तथा अभिनय बिक्कीको नृत्य निर्देशनमा गीत तयार भएको हो।
अविरल फिल्मसले दृश्य निर्माण गरेको यस गीतको बजार व्यवस्थापन पनि अविरल फिल्मस मार्फत भएको छ।गीत अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
पूरा भिडियो हेर्नको लागि
https://youtu.be/Z2sNHc2OQaY?t=292












