मालारानीको विद्यालयमा आफ्नो मान्छे घुसाउने लफडाले नानीबाबुको भविष्यमाथि खेलवाड

विद्यालयकै अस्तित्व मेटाउने खेल

कमल प्रभात,
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालीका– ४, खनस्थित श्री मुक्ति आधारभूत विद्यालयमा राजनीतिज्ञहरूको दादागिरीका कारण शिक्षक नियुक्तिमा ढिलासुस्ती भएको छ।

विद्यालयले गत मंसिरमा शिशु कक्षामा पढाउन बालविकास कार्यकर्ताको लागि विज्ञापन खुलाए पनि राजनीतिज्ञहरूको दबाबमा ९ महिनासम्म पनि परीक्षा सञ्चालनसमेत हुन सकेको छैन।

करिब ३ वर्षदेखि रिक्त रहेको उक्त पदमा गत मंसिरमा मात्रै विज्ञापन खोलिएको र विज्ञापनअनुसार १६ जनाले आवेदन दिए पनि परीक्षा सञ्चालन गर्न नसकिएको विद्यालयमा प्रधानाध्यापक काशिराम रिजालले जानकारी दिए।

‘विज्ञापन खोलेको धेरै समय भयो, परीक्षा सञ्चालमा व्यवस्थापन समितिले चासो नदेखाउँदा समस्या भएको छ। मैले परीक्षा सञ्चालनको लागि धेरै पटक मिटिङ बसौँ भने पनि मेटिङमा सबै जना आउँदैनन्,’ प्रधानध्यापक रिजालले भने,‘यो समस्या लिएर कयौँ पटक पालिकामा गएँ तर पालिकाले पनि झुलाउने काम मात्रै गरिरह्यो। बालबालिकाको भविष्य बिग्रने भयो, सारै चिन्ता लागेको छ।’

गाउँपालिका शिक्षा शाखा प्रमुख तथा प्रशासकीय अधिकृत रमेश पन्थीले भने विद्याल व्यवस्थापन समितिलाई छिटो परीक्षा सञ्चालन गर्न दबाब दिए पनि विद्यालय पक्षले चासो नदिएकोले अब पनि परीक्षा गरेर शिक्षक नियुक्ति नगरे अनुदान रोकिदिने चेतावनी दिएका छन्। तथापि, उनले नेताहरूको दबाबमा बुझेर पनि नबुझेको जस्तो गरी पानीमाथिको ओभानो बन्न खोजेको स्थानीयहरू बताउँछन्।

यता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद रिजालले भने नेताहरूको दबाबका कारण परीक्षा सञ्चालन गर्न नसकेको गुनासो गरेका छन्। उनले आफूले छिटोभन्दा छिटो शिक्षक ल्याउन खोजे पनि नेताहरूको आफ्ना मान्छे घुसाउने दाउमा परीक्षा नै गर्न नदिएको बताए।

‘वास्तवमै भन्नु पर्दा मलाई एमालेले यहाँ अध्यक्ष बनाएको हो, मैले जसरी पनि उहाँहरूको कुरा मान्नुपर्ने बाध्यता छ। नत्र त मैले पहिलै परीक्षा गराउन खोजेको हो तर स्थानीय तह चुनाव आएपछि रोकियो,’ व्यवस्थापन समिति अध्यक्ष रिजालले १५ दिनअघि भनेका थिए,‘दुई हप्ताभित्र परीक्षा गराएरै छाड्छु।’ तर, उग्र एमाले नेताहरूको अघि उनको कुनै सीप लागेन। दुई हप्ता बढी हुँदा पनि परीक्षा त के बैठक समेत नबसेको प्रधानाध्यापक रिजालले बताए।

एउटा शिक्षक पदको लागि १६ जनाले आवेदन दिएका छन्, त्यसमा १३ जना एमालेनिकट नेताहरूका श्रीमती, बुहारी, प्रेमीकालगायत आफन्त छन्। उनीहरू अवैधानिक परीक्षा गरेर आफ्ना मान्छेलाई नियुक्ति दिन चाहन्छन्। तर, एमालेभित्रै आकांक्षी धेरै भएपछि उनीहरूकै भित्री लफडाका कारण परीक्षा नगरिएको स्थानीय बताउँछन्।

‘स्थानीय तह निर्वाचनमा एमाले नेताले यहाँको जागिर मिलाइदिने भन्दै धेरैलाई आश देखाएर झण्डा बोकाएका थिए। एमालेभित्रै १३ जनाले आवेदन दिएका छन्। उनीहरूले आफ्नो मान्छेलाई जागिर नदिए जे पनि गर्न तयार छु भन्दै झगडा गरिरहेका छन्। एमालेहरूकै लफडाका कारण नानीबाबुहरूको भविष्य अन्धाकार हुने भयो,’ विद्यालय व्यवस्थापन समितिका एक सदस्यले भने।

त्यसो त शिक्षक नियुक्ति जस्तो परीक्षा निष्पक्ष हुनुपर्ने हो तर शक्तिको दुरूपयोग गर्दै एमालेले ताण्डप मच्चाइरहेको छ। आफ्ना कार्यकर्ताहरूको झगडाकै कारण परीक्षा गराउनै नसकिएको व्यवस्थापन समिति अध्यक्ष रिजालले स्वीकार गर्छन्।

यसरी विद्यलयमा राजनीतिकण हुँदा बालबालिकाहरूको भविष्य खतरामा परेको छ। परीक्षा गराइदिन भन्दै प्रधानध्यापक रिजाल ४ पटकसम्म गाउँपालिका शिक्षा शाखाको कार्यालयमा र १ पटक जिल्ला समन्वय समितिमा धाए पनि सुनावाइ हुन सकेको छैन। एमालेले आफ्ना कार्यकर्ता मिलाउनै नसकेका कारण विज्ञापन नै खारेज गर्नेसम्मको तयारी थालेको पाइएको छ, जुन बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकारीमाथि गरिने जघन्य अपराध हो।

विद्यालयकै अस्तित्व मेटाउने खेल

घना बस्तीहरूको बीचमा रहेको मुक्ति आधारभूत विद्यालय कुनै बेला यहाँको सबैभन्दा राम्रो मानिन्थ्यो। यहाँ कखरा सिकेका विद्यार्थी अहिले देश तथा विदेशका ठुला– ठुला तहमा पुगेका छन्। तर, अहिले विद्यालयको अस्तित्व नै खतरामा छ।

कक्षा पाँचसम्म पढाइ हुने यस विद्यालयमा करिब ६० जना विद्यार्थी छन् भने ३ जना शिक्षक र एक जना कार्यालय सहयोगी छन्। पाँच कक्षासम्मका सबै कक्षामा तीन शिक्षकले मात्रै पढाउनु आफैंमा गाह्रो कुरा हो। तर, यहाँको समस्याबारे कोही नेतालाई चिन्ता छैन, बरू जनप्रतिनिधहरू नै विद्यालयले पाउनुपर्ने सेवा सुविधा कटौती गरिदिन्छन्। जसको उदाहरण हो, यसअघिका गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले राष्ट्रिय योजना आयोगबाट आएको झण्डौ ८० लाख रकमसमेत रोक्का गरेर सोही गाउँपालिकाको अरूको विद्यालयमा सारिदिएका थिए।

यसरी नेता र जनप्रतिनिधिहरू नै विद्यालयको अस्तित्व मेटाउने खेलमा लाग्दा यहाँका बालबालिकाहरू प्रभावित हुने देखिन्छ भने शिक्षाको पहुँचबाट समेत बालबालिका टाढा हुनुपर्ने छ। यसले गाउँका मानिसको चेतनाकस्तर त घट्छ नै गाउँ नै अशिक्षाको भुमरीमा पर्दा गाउँ नै पछाडि पर्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?