ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणाले राप्रपामा अन्तर्विरोध चर्कियाे, अध्यक्ष लिङ्देनको आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहीको उक्त घोषणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्तरिक आलोचना खेप्नुपरेको छ।

सोमबार आयोजित कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता मोहन श्रेष्ठलगायतको उपस्थितिमा शाहीले उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्ष राजेन्द्र लिङ्देन भने पार्टीभित्र आन्तरिक विरोधका कारण कार्यक्रममा सहभागी भएनन्।

‘उम्मेदवारको सूची पार्टीको क्षेत्रीय समिति, जिल्ला समिति हुँदै संसदीय समितिमा जाने र त्यसले केन्द्रीय समिति वा केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेपछि मात्रै उम्मेदवार टुंगिने हाम्रो वैधानिक व्यवस्था छ तर पार्टी प्रवक्ताकै तहबाट नियम उल्लंघन भएको छ,’ राप्रपाका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने, ‘आन्तरिक विरोध बढेपछि अध्यक्ष लिङ्देन शाहीको घोषणासभामा आउनु भएन तर उहाँको स्वीकृतिमा शाहीले उम्मेदवारी घोषणा गर्नुभएको हो।’

शाहीले पार्टी अध्यक्षसँगको सरसल्लाहमा उम्मेदवारी घोषणा गरेको बताएका थिए। राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष लिङ्देनले पार्टी विधान उल्लंघन गर्न सहयोग गरेको यो दोस्रो घटना हो। यसअघि राप्रपाको गण्डकी प्रदेशका अध्यक्ष निर्वाचित हेमजङ गुरुङलाई लिङ्देनले केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष मनोनीत गरेका थिए।

लिङ्देनले महाधिवेशनपछि पार्टी प्रवेश गरेका शाही तथा राप्रपामा विगतदेखि रहेकी अभिनेत्री रेखा थापालाई देशव्यापी सभाहरूमा लिएर गएका थिए। ‘केही व्यक्ति चर्चामा आउँदैमा केही नहुने रहेछ, अध्यक्षले पार्टीलाई माथि उठाउन सक्नुभएन। सबैलाई समेटेर उहाँले अघि नबढ्ने र विधान मिचिरहने हो भने उहाँलाई भविष्यमा थप अप्ठेरो हुन सक्छ,’ एक असन्तुष्ट नेताले नयाँ पत्रिकासँग भने।

अध्यक्ष लिङ्देनले नसमेटेको भन्दै नेताहरू दिलविकास राजभण्डारी, दिलनाथ गिरी, श्याम तिमल्सिना, दमन बस्नेतलगायतले राप्रपा नेपालमा प्रवेश गरेका छन्। लिङ्देनले पुरानो पुस्ताका नेता र लामो समयदेखि राप्रपामा सक्रिय रहेका नेताहरूलाई उपेक्षा गरेर अघि बढ्न खोजेको उनीहरूको आरोप छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?