गीत–सङ्गीतमा रम्दै, अवार्ड प्राप्त गर्दै कृष्ण सापकोटा

अर्घाखाँची । निरन्तरको मेहनत र लगनशिलताले नै सफलतामा पुर्‍याउँछ भन्ने भनाइ कलाकार कृष्ण सापकोटाको जीवनसँग मेल खाएको छ । गायनसँगै अभिनयमा लागेका सापकोटाले मेहनत र लगनशिलताका कारण नै राष्ट्रियस्तरका विभिन्न अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् ।

२०४८ भदौ १८ गते अर्घाखाँचीको छत्रदेव गाउँपालिका ३ बल्कोटमा जन्मिएका सापकोटा सानैदेखि गीत सङ्गीतमा बढी रूचि दिन्थे । यही क्षेत्रमै केही गर्ने आँट बोकेर काठमाण्डौ छिरेका सापकोटा १० वर्षमा आफूलाई अब्बल बनाउन सफल भए ।

सापकोटाकाका भन्छौ तिमी, भुरुरु उडेर चरी, तिम्रो यादमा, नशा लगायतका गीत आएका छन् । गायनभन्दा पनि मोडलिङमा बढी समय खर्चेका सापकोटाले अहिलेसम्म एक सय ५० वटाभन्दा बढी गीतमा अभिनय गरेका छन् । उनी गीतकार र सङ्गीतकार पनि हुन् ।

उनले यो वर्ष मात्रै ज्योति फिल्मस् अवार्ड, नेशनल नेपाल म्युजिक फेशन अवार्ड, राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा उनले नाट्यस्वोरी म्युजिक अवार्ड पाएका थिए । गीत सङ्गीत र मोडलिङको माध्यमबाट अर्घाखाँचीका नाम चिनाउन सफल भएका छन् सापकोटा । जिल्लालाई चिनाउने गीत पनि निकाल्न लागेको उनले बताए ।

२०६७ सालदेखि गीत सङ्गीत क्षेत्रमा प्रवेश गरेका सापकोटालाई विद्यालयमा हुने कार्यक्रममा शिक्षकहरूले गीत गाउनका लागि प्रोत्साहन गर्ने गर्दथे, त्यो बेलादेखि नै उनले यस क्षेत्रमा लाग्ने सोच बनाएको थिए ।
सापकोटा आफूलाई कलाकारभन्दा पनि मोडल भनेर चिनाउन बढी रूचाउँछन् । उनी भन्छन्, ‘म अबको बाँकी जिन्दगी यसैमा बिताउने छु । यस पेसामा स्थापित हुन जति गारो छ, त्योभन्दा धेरै मजा पनि छ । यो पेसाले मलाई गर्व गर्न लायक बनाएको छ ।’

सुरुमा गीत सङ्गीतमा लाग्दा राम्रो हुन्छ भनेर कसैले पनि नभनेको तर आफैँ जबरजस्ती यस पेसामा लागेको उनको भनाइ छ । आफ्नै कम्पनी सापकोटा प्रोडक्शनमार्फत सापकोटाले म्युजिक भिडियोदेखि कलाकारिताका काम गर्दै आएका छन् । गीत सङ्गीतमा हुनेखाने र पैसा भएकाहरू मात्रै अगाडि बढ्न सक्छन् अरूले सक्दैनन् भन्नेहरूका लागि प्रेरणको स्रोत भएर लागिपरेको उनको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?