मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध

काठमाडौं । गृह मन्त्रालयले  मिटरब्याज सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो।

सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरेका छन्।

उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर दिन सकिने उनले बताए। आर्थिक हिसाबले विपन्न वर्गका व्यक्तिहरुमाथि गरिएको शोषणको श्रृंखलाले सयौं परिवारको विचल्ली भएको मन्त्रालयले जनाएको छ।

त्यस्ता अपराधीहरुलाई कानूनको दायरामा ल्याई कारबाहीको प्रकृया चलिरहेको स्पष्ट पार्दै अझै धेरै पीडितहरुले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था रहेको जारी सूचनामा उल्लेख गरिएको छ।

नपलपरासीका मिटरब्याजी पीडितहरु ७७ जनाले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन थालेपछि सरकारको ध्यानाकर्षण भएको हो। कार्यदलले हिजैदेखि पीडितहरुसँग समस्या समाधानको लागि वार्ता सुरु गरिसकेको छ।

यस्तो समस्या नवलपरासीमा मात्रै नभई तराइका अधिकांश जिल्लाहरुमा रहेको गुनासो प्राप्त भएकाले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले भदौ ५ गते भित्र उजुरी दिन सार्वजनिक सूचना जारी गरेको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?