रोल्पा । रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. १० मा अरिङगालले टोकेर एकजनाको मृत्यु भएको छ ।
५४ वर्षिय जय बहादुर बुढा मगरको अरिङ्गालले टोकी मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार साँझ अन्दाजी ६ बजे आफ्नै घर नजिकै जङगलमा अरिङगाल पोल्ने क्रममा अरिङगालले शरिरको विभिन्न भागमा टोकेर घाईते भएका थिए ।
निजको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारको गएराति मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दांङले जनाएको छ ।












