अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बहुबिबाह मद्धामा परार अभियुक्तलाइ पक्राउ गरेको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. ३ का गंगा बहादुर बिक लाई प्रहरीले पक्राउ गरेको हो । बिकलाई जिल्ला अदालत अर्घाखाँचीले २०७९ असार २८ गते एक बर्ष कैद सजाय तोकेको थियो । तर बिक कैद भुक्तान नगरी फरार थिए ।
बिकलाई प्रहरीले आज (आईतबार) बिशेष सुचनाको आधारमा पक्राउ गरी जिल्ला अदालत पेश गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।












