मालारानीको लाउरखत्री र खिर्राबटाको बिचमा पुल नबन्दा स्थानीयलाई दुःख

प्रतिकात्मक तस्बिर

सन्धिखर्क ५ भदौ । मालारानी गाउँपालिका वडा नं ५ बागी लाउरखत्री र खिर्राबटाको बीच भागको खोलामा पुल नबन्दा स्थानीयले सास्ती खेपेका छन् । स्थानीयहरु राजनितिक दल र तिनका नेताहरु प्रति आक्रोशित पनि बनेका छन् ।

टारी बाट लाउराखत्री पलसपाटा बाझेरी हुँदै भेडीराख्ने जोडिने उक्त बाटोको लाउरखत्री र खिर्राबटाको बीच भागमा रहेको खोलामा पुल नबन्दा उक्त बाटो भएर हिड्ने जनताहरूले बर्खाको समयमा अत्यन्तै दुःख खेप्नु परेको छ । टारी बाट भडार हुँदै भेडीराख्ने जाने बाटो भन्दा तल्लो बाटो दुरीको हिसावले पनि छोटो पर्न जान्छ तर पुल नबन्दा बर्खाको समयमा उक्त खोलामा बाईक सम्म पनि लान मुस्किल पर्ने एक युवाले बताए । उनी भन्छन् सबै राजनितिक दलहरु सरकारमा पुगे तर यो ठाउँमा पुल पार्न सकेनन् । मालारानीका धेरै ठाउँमा पुल बनेका छन् कति पए ठाउँमा त तत्काल पुल नहुँदा पनि हुने ठाउँमा पुल बनेका छन् विडम्बना यो ठाउँमा पुल बन्न सकेन ।

नेताहरु आफ्नो ठाउँ मात्र हेर्दा रहेछन् के गर्नु हाम्रो ठाउँका कोही नेता बन्न सकेनन् । जहिले पनि हामीले भोट दिदै जिताउँदै गर्यौ तर हाम्रो ठाउँको विकासको लागि काम गरेनन् । पुल पहिले पहिले राजनीतिक दलहरुको प्राथमिकतामा पर्ने गरेको भए पनि अहिले प्राथमिकतामा पर्न सकेको छैन। यहां पुल नबन्दा साविक बागी ६,७,८ का करिव २ हजार जनसंख्याले दुःख खेप्नु परेको छ। यो बाटो सन्धिखर्क बाट पश्चिम तिर जाने सबै ठाउँका लागि छोटो पर्ने गर्दछ ।

प्रदेश अन्तर्गत अर्घा, टारी, सातबिशे हुँदै भेडिराख्ने जोडिने बाटोमा काम भएता पनि टारी देखि सातविशे तिरको बाटोमा लाउरखत्रीमा ५÷६ टिप्पर छर्री खनाउने बाहेकको अहिले सम्म काम समेत हुन नसकेको स्थानीयको गुनासो छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?