अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
अखिल क्रान्तिकारीका जिल्ला संयोजक हरि नेपाली र नेता विजय नेपाली लाई सदरमुकाम सन्धिखर्कबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बन्द गराउँदै हिंडेको, गुडीरहेका गाडीहरुलाई जबरजस्ती बन्द गराउदै गरेको अबस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।












