टोपराम केसी
गुल्मी । कर्मचारीहरुको संयुक्त छाता संगठन ट्रेड युनियन छत्रकोट गाउँकमिटीले आज गुल्मीको छत्रकोट गाउँपालिकामा आफ्ना मागहरु यथा सिघ्र संवोधन गर्न माग गर्दै शान्तिपुर्ण ध्यानाकर्षण गराएको छ।
नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठन गुल्मीको संयुक्त आयोजनामा शान्तिपुर्ण विरोध तथा ध्यानाकर्षण कार्यक्रम राखिएको नेपाल निजामती कर्मचारी युनियन गुल्मीका सदस्य,नेपाल निजामती कर्मचारी युनियन छत्रकोट गाउँकमिटीका सचिव एवम् छत्रकोट गाउँपालिकामा कार्यरत सहायक पाँचौँ हुमनाथ पन्थले बताए ।
राजपत्रांकित कर्मचारी,तथा सम्पुर्ण अस्थायी ,करार एवम् ज्यालादारीमा कार्यरत कर्मचारी माथि सरकारले गरेको अन्योचित तथा असमान व्यवहारका विरुद्ध ध्यानाकर्षण मार्फत विरोध गरिएको उनको भनाई छ । यसरी हरेक तह र तप्काबाट कर्मचारीहरुले माग राख्दै जाँदा देशव्यापी विरोध र ध्यानाकर्षण हुने हुँदा अन्ततः सरकार कर्मचारीहरुका जाहेज मागहरु संबोधन गर्न बाध्य हुने आफुहरुको अठोट रहेको समेत पन्थले बताए । यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उनले उल्लेख गरे ।
शान्तिपुर्ण विरोध कार्यक्रममा छत्रकोट गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागी कर्मचारीहरुले कार्यक्रम मार्फत कर्मचारी मैत्री संघिय निजामती सेवा ऐन,प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐन तत्काल जारी गर्नु पर्ने,क्षेतीपुर्ती सहितको नागरिक सेवा प्रवाहको तत्काल सुनिश्चितता गर्नु पर्ने,प्रशासनिक एकरुपता कायम गर्न तिनै तहगत प्रणाली लागू गर्नु पर्ने,तिनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा समावेश गरिनु पर्ने लगाएतका मागहरु राखेका थिए ।
यस्तै सवै तह,समूह र पदमा आन्तरिक प्रतिष्पर्धा,वढुवा लगाएतका समान वृतको विकास सुनिश्चित गर्नु पर्ने,अस्थायी ,करार र ज्यालादारीमा कार्यरत सवै कर्मचारीहरुको न्योचित व्यवहार गरिनु पर्ने,राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता रहने गरि ूपेू कमिसनको गठन गर्नु पर्ने,सवै पदहरुमा कर्मचारी हरुको पदसोपान वमोजिम तलवमान कायम हुनु पर्ने,तथा संघ ,प्रदेश र स्थानीय मध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम हुनु पर्ने लगाएका मागहरु संयुक्त ट्रेड युनियनले राखेको छ।













