गुल्मी -१ प्रदेश सभा `ख´का लागि काङ्ग्रेसले गर्यो उम्मेदवारको सिफारिस

टोपराम केसी,
गुल्मी । आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।

केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा उम्मेदवार सिरफारिस गरी सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।

यसै विच नेपाली काङ्ग्रेस ले गुल्मी क्षेत्र नं.१ अन्तर्गत प्रदेश सभा ´ख` का लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ।हिजो वसेको प्रदेश सभा `ख´को कार्यसमितिको वैठकले निर्णय गरि उम्मेदवारहरुको नामावली क्षेत्रीय समिती र जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो।

केन्द्रको निर्देशन अनुसार वढी ३ जना सम्मको नाम सिफारिस गर्न भएको परिपत्र अनुसार कार्यसमितिको सम्पन्न वैठकले प्रत्यक्ष तर्फ श्रीप्रसाद भलाद्मी ,धनेन्द्र कार्की , मुक्ति कंडेलको नाम सिफारिस गरेको छ।यस्तै समानुपातिक तर्फ पुरुषमा झविन्द्र कार्की र मोतिलाल भण्डारी सिफारिस हुँदा उता महिला तर्फ भने गंगादेवी पाण्डे, मिना राना मगर, उर्मिला आचार्य नेपाली र राधिका न्यौपाने सिफारिस भएको नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नं.१ प्रदेश सभा `ख ´का उपसभापति भेषराज कंडेलले जानकारी दिए ।

कार्यसमितीले पठाएको सिफारिसलाई जिल्ला कार्यसमितिले हुवहु प्रदेश र केन्द्रमा पठाउनेछ। यद्यपि उम्मेदवारको अन्तिम टुङ्गो भने केन्द्रले नै लगाउने छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?