अर्घाखाँची : धमाधम उम्मेदवार सिफारिस गर्दै दलहरु

भिम विश्वकर्मा,
अर्घाखाँची । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।

पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका छन् । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।

कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ । स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ ।

यस्तै अर्घाखाँचीबाट पनि दलहरुले उम्मेद्वार सिफरीस गरीरहेका छन् । नेकपा एमालेले प्रदेशसभामा उम्मेद्वारहरु टुङ्गो लगाईसकेको छ । प्रदेशसभा ‘क’ बाट चेतनारायण आचार्य तथा प्रदेशसभा ‘ख’ बाट रामजी प्रसाद घिमिरे सर्वसम्मत उम्मेद्वार सिफारिश भएका छन् । प्रतिनिधीसभामा टोप बहादुर रायमाझि उम्मेद्वार बन्ने सम्भावना छ ।

नेपालि कांग्रेसले क्षेत्रिय कार्यसमितिले सिफरिश गरेका नामहरुमा छलफल गरि उम्मेद्वारहरुको अन्तिम टुङ्गो लगाउने तयारी गरेको छ । प्रतिनिभिसभामा कांग्रेसबाट उपसभामुख पुष्पा भुसाल उम्मेद्वार बन्ने सम्भावना छ ।

यता नेकपा एकिकृत समाजवादिले पनि उम्मेद्वार सिफरीस गरीसकेको छ । प्रदेशसभा ‘क’ बाट एकिकृत समाजवादिका जिल्ला अध्यक्ष समेत रहेका राम बहादुर चौहान सर्वसम्मत सिफारीस भएका छन भने ‘ख’ बाट पिताम्बर सारु र सुसिल भट्टराई सिफारीस भएका छन् । प्रतिनिधि सभातर्फ मोहन गौतम सिफारीस भएकाछन् । भने माओवादी केन्द्र पनि उम्मेद्वार सिफरिसको तयारीमा छ ।

 

 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?