खप्तड लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । खप्तड लघुवित्तले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सार्वजनिक निष्कासनमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

सोमबार बिहान भएको बाँडफाँटमा १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर प्रापत गरेको प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तले ८ भदौदेखि १२ भदौसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिबक निष्कासनमा ल्याएको थियो । जसमध्ये कम्पनीको जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सार्वजनिक निष्कासन हुने सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणको लागि आवेदन खुला गरेको थियो ।

उक्त सार्वजनिक निष्कासनमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १ लाख ४४ जनाको आवेदन १७ लाख ८३ हजार ७४ जनाको आवेदन स्वीकृत भएको जनाएको छ । सोही स्वीकृत भएको आवेदकलाई गोलाप्रथामा सहभागी गराएर १२ हजार ३४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट भएको छ । अन्य आवेदकले भने सेयर प्राप्त गरेनन्।

कम्पनीको आईपीओ नतिजा, बिक्री प्रबन्धक प्रभु क्यापिटल र लघुवित्तकै वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङले आईपीओ नतिजा हेर्नको लागि बनाएको वेबसाइट र मेरोसेयर मार्फत हेर्न सकिनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?