अर्घाखाँची । USAID को आर्थिक सहयोग लुम्बिनी सामाजिक बिकास केन्द्रको सहजीकरण र पाणिनी गाउँपालिकाको समन्वय तथा सहकार्यमा सुआहारा दोस्रो कार्यक्रम अन्तर्गत पालिका एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको सिकाइ आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बुधबार पाणिनी पालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन १००० दिने आमालाई हरेक बार खाना चार का सामाग्री नाङ्लोमा दिएर पाणिनी गाउपालिका अध्यक्ष टेकराज न्यौपानेले गरेका थिए । 
कार्यक्रममासन् २०१६ देखि २०२२ सेप्टेम्बर सम्म भए गरेका क्रियाकलाप, प्रगतिको सिकाइ आदानप्रदान गरिएको हो । कार्यक्रममा लुम्बिनी समाजिक बिकास केन्द्रका फिल्ड संयोजक हरि प्रसाद पौडेलले सुआहारा दोस्रो कार्यक्रम लागू भए देखि हाल सम्म गरिएका काम तथा प्रगतिको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख शेस्कान्त घिमिरे, पाणिनी १ का वडाध्यक्ष कमल प्रसाद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल,पालिका उपाध्यक्ष नर्मदा पौडेल, पालिका अध्यक्ष टेकराज न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
पालिकामा सुआहाराले गर्भवती महिलाहरुको स्वास्थ्य, कृषि, पसुसेवा, खाद्य सुरक्षा लगायतका बहुक्षेत्रमा पुराएको योगदान सर्हानिय भएको भन्दै बोल्ने बक्ताहरुले सुआहाराको समयावधि थप हुनु पर्नेमा जोड दिएका थिए ।
पाणिनी गाउपालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको स्वागत मन्तब्य र स्वास्थ्य शाखा सहसंयोजक राम प्रसाद घिमिरेको संचालनमा सप्पन्न उक्त कार्यक्रममा ८ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, स्थानिय श्रोतब्याक्ती, महिला स्वास्थ्य संयसेविका, पुरुष अभियान्ता, ग्रामीण नमुना कृषक, लुम्बिनी सामाजिक बिकास केन्द्र सुआहारा दोश्रोका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो । 
साथै आमा समुहलाइ सक्रिय बनाउदै १००० दिनका आमाहरूलाई नियमित आमा समुहमा सहभागिता गराउन प्रोत्साहनमुलक कार्यक्रम संचालन गर्ने, कृषि उपज बजारिकरणलाइ सरलिकृत गर्न समिती निर्माण र परिचालन लगायतका १६ बुदे कार्ययोजना समेत तयार पारिएको छ ।












