रोटरी क्लव अफ मेडिको फ्युजनको सहयोगमा डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण

बिष्णु खनाल
अर्घाखाँची । रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपालले डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेको छ । सन्खिर्क नगरपालिका वडा नं. ११ मा रहेको डिभर्ना स्वास्थ्य चौकीलाई एक सेट अक्सिजन कन्सिट्रेटर र एक थान बाई प्याप मेसिन क्लवले हस्ताण्तरण गरेको हो ।

बुटवलमा रहेका ३८ जना डाक्टरहरु सम्मिलित रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपाल २०२२÷०२३ का अध्यक्ष डाक्टर प्रकाश बस्नेतले स्वास्थ्य चौकी ईन्चार्ज छविलाल भुसाललाई हस्ताण्तरण गरे । रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपालका डाक्टरहरु र मेडिको फ्युजनका पब्लिक ईमेज अफिसर डाक्टर दिनेश गौतमको सामुहिक सहयोग उक्त सामाग्री हस्ताण्तरण गरिएको हो । 
नेपालमा डाक्टर दम्पत्तिहरु मात्र सामेल भई गठन भएको एक मात्र क्लवले आगामी दिनहरुमा गाउँघरमा रहेका विरामीहरुका लागि शिविर सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष डा. बस्नेतको भनाई रहेको छ ।

कार्यक्रममा ११ नम्बर वडाध्यक्ष चेतनारायण आचार्य, पुर्वअध्यक्ष ध्रुव आचार्य, डाक्टर प्रकाश बस्नेत, चौराह हस्पिटलका संचालक तथा स्वास्थ्यकर्मी जनक के.सी., स्वास्थ्यकर्मी सिद्धार्थ के.सी., पत्रकार बिष्णु खनाल लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?