महाभियोग सिफारिस समितिले मगायो चोलेन्द्रको सम्पत्ति विवरण

काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ ।

विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो ।

‘उनीहरुको परिवारको सदस्यको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फाइल तत्काल मगाउनुपर्छ, मैले यसबारेमा पटकपटक भनेको छु’ समिति सदस्य कृष्णभक्त पोखरेलले भने, ‘अरु महत्वपूर्ण फाइलहरु समेत मगाउनुपर्छ ।’ उनको मागपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए ।

समिति सचिवालयले शुक्रबार विहानै न्याय परिषद र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट फाइलहरु मगाउन चिठी लेख्नेछ भने केही कागजातहरु विहान ९ बजेभित्र नै सचिवालयमा आइपुग्नेगरी मगाउने निर्णय भएको एक सदस्यले बताए । समितिले वीरगञ्जको छपकैया पोखरीको विवादमा भएको आदेश र फैसला समेत मगाउने निर्णय गरेको छ ।

समिति सदस्य तथा एमाले सांसद पोखरेलले बैठकमा सर्वोच्च अदालतको भवन निर्माणको ठेक्काको सबै फाइल मगाएर अध्ययन गर्नुपर्ने पनि बताए । त्यसैगरी इच्छाराज तामाङको मुद्धामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको संवादको अडियो र त्यससम्बन्धी न्यायपरिषदको फाइल समेत मगाउने निर्णय गरेको छ ।

कृष्णमान र हंसमान जोडिएका मुद्धामा जबरामाथि ४ करोड रुपैयाँ खाएको आरोप लागेकाले त्यससम्बन्धी फाइल समेत मगाउनुपर्ने पोखरेलले बताए । उनले यो अवधिमा धेरै चलखेल भएको भन्दै भने, ‘चोलेन्द्रशमशेर र प्रभुशमशेरको कल डिटेल पनि मगाउनुपर्छ ।’

समितिले बानेश्वरको आइपेक्स कम्प्लेक्सको फाइल अनि त्यहाँको सीसीटीभी फुटेज पनि मगाउने निर्णय गरेको छ । त्यहाँबाट एउटा नम्बरबाट नियमित फोन जाने गरेको भन्दै समितिले त्यो फोनको कल डिटेल समेत मगाउने निर्णय गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?