दुई किशोरीको बलात्कारपछि बीभत्स हत्या

एजेन्सी । भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स रुपमा हत्या गरिएको छ।

उत्तर प्रदेश स्थित लखिमपुर जिल्लाका १५ र १७ वर्षीया बालिकाको बलात्कार पछि घर नजिकैको रुखमा झुन्ड्याएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

एकै घरका दुई दिदीबहिनीको उखुबारीमा बलात्कारपछि घिसारेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम परीक्षणबाट पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ।

आत्महत्या जस्तो देखाउन बलात्कारीले बालिकाको शब रुखमा झुण्ड्याएको प्रहरीले जनाएको छ। एउटै गाउँका पुरुषले युवतीसँग चिनजान भएपछि संगै घुम्न गएको र  विवाहको प्रस्ताव स्वीकार नगरेपछि बलात्कार पछि सलले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।

जबरजस्ती करणी पछि हत्या र हत्यालाई ढाकछोप गर्न सहयोग गरेको अभियोगमा प्रहरीले परिवारका छिमेकीसहित ६ जनालाई पक्राउ गरेको छ।

घटनापछि स्थानीयले सरकारबिरुद्ध चर्को विरोध गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?