स्वादिष्ट मःम खान मन छ ? : पाणिनीका यी २ ठाउँमा आउनुस्

पाणिनीका अनेक ठाउँमा अनेकथरी मःम बन्छ । मःमको आकारप्रकारमा मात्र होइन, स्वादमा पनि विविधता छ । यही विविधताको कारण पनि मःम सर्वप्रिय खाजा बनेको छ । मःम त धेरै होटलहरुमा बन्छ तर यहाँ केही यस्ता मःम पसल छन्, जहाँको मःम खान पारखीहरु टाढाटाढाबाट समेत धाउँछन् ।

इतिहास भन्छ, तिब्बतको मौलिक खान्की हो मःम । व्यापारको सिलसिलामा तिब्बत जाने काठमांडौका नेवारी व्यापारीले मःमलाई काठमाडौं भित्र्याएका थिए । खासमा यसको नाम ‘मोहमो’ हो । तर तिब्बतबाट नेपाल आइपुग्दा यसको नाम ‘मोमोचा’ भयो । कालान्तरमा त्यही मोमोचा सर्वप्रिय खाजा मःममा बदलियो । अक्सफोर्ड डिक्सनरीमा मःम अर्थात् मोमोजको अर्थ बाफमा पकाएको तिब्बती परिकार भन्ने उल्लेख छ । यसमा मासु र सब्जी मिलाएर पकाइन्छ । यो अहिले विश्वको फुड मेनुमा लोकप्रिय परीकारको रुपमा फैलिएको हो ।

अर्घाखाँचीमा पनि मःमको लोकप्रियता अन्त जत्तीकै छ । अर्घाखाँचीको पाणिनी गाउँपालिका मःमको लागि जिल्ला मै प्रख्यात छ । खास गरी पाणिनीमा २ वटा मःम पसल मःम पारखीहरूको लागि एउटा राम्रो गन्तव्य बनेका छन् ।

राजु दाईको हट एण्ड स्पाइसी मःम हाउस

मःम पारखीहरूको रोजाइमा पर्ने राजु दाईको हट एण्ड स्पाइसी मःम हाउस पाणिनी गाउँपालिका वडा नं ५,६,७ र ८ को संगमस्थल चिबेकमा छ । यो पाणिनी बहुप्राबिधिक शिक्षालयको नजिकै छ । सानो बजार क्षेत्र भएको चिबेकमा राजु दाईको हट एण्ड स्पाइसी मःम हाउस भेटाउन कुनै समस्या हुदैन ।

बिगत ३ वर्षअघि स्थापना भएको यो मःम हाउस लगातार ग्राहकहरूको मन जित्न सफल छ । यहाँको मःमको आकार र स्वादले धेरैलाई लोभ्याउँछ । मःममा प्रयोग गरिने किमा र अचार पनि अन्य स्थानको मःमको तुलनामा अलि फरक छ । यहाँको मःम र मीठो अचारको स्वाद जिब्रो मै झुण्डिन्छ । यहाँ मःम खानको लागि छिमेकी वडाबाट मात्र नभएर छत्रदेव, सन्धिखर्क र टाढा–टाढाबाट पनि मान्छेहरू आउने गर्छन् ।

मःम भन्दा पहिला स्वादिलो सुप दिइन्छ त्यस पछि स्पाइसी मःम । यो मःम हाउसमा चिकेन, भेज २ प्रकारका मःमको स्टिम मःम, सी (चिल्ली) मःम गरी २ थरी भेराइटिमा पाइन्छ । चिकेन स्टिम मःमको १२० र सी मःमको १५० पर्छ भने भेज स्टिम मःमको १०० र सी मःमको १२० पर्छ ।

अड्गुरी मःम सेण्टर

मःम पारखीहरूको लागि एउटा राम्रो गन्तव्य हो अड्गुरी मःम सेण्टर । यो पाणिनी गाउँपालिका ७ अड्गुरी पिपलारुखमा छ । बिगत ६ महिना अघि संचालनमा आएको मःम सेण्टर छोटो समयमा नै लोकप्रिय बनेको छ । छोटो समय मै मःम सेण्टरले आफ्नो शाखा कृष्णनगरमा समेत सुरु गरेको छ ।

यहाँ मःम उत्पादन मेसीनबाट हुन्छ । यहाँ उत्पादित मःम सेण्टर मै बसेर मात्र होइन घर मै लागेर स्टिम वा फ्राई गरेर समेत खान सकिन्छ । यहाँको मःम र अचार दुवैले ग्राहकको मन जितेको छ । सञ्चालनमा आएको बर्ष नपुगेको भए पनि यहाँ मानिसहरूको भीड लाग्ने गर्छ ।

 

यहाँ चिकेन र भेज मस्मका ५ भेराइटी पाइन्छन् । चिल्ली मस्म, फ्राइ मस्म, झोल मस्म, स्टिम मस्म र क्रीस्टि मस्म यहाँका बिशेषता हुन् ।

चिल्ली मस्म १५०, फ्राइ मस्म १३०, झोल मस्म १३०, स्टिम मस्म१०० र क्रीस्टि मस्म १५० मूल्य पर्छ ।

साच्चिकै तपाईं पाणिनी मै हुनुहुन्छ वा पाणिनीमा आउनु भएको छ र यी २ स्थानको मस्म खानु भएको छैन भने तपाइँलाई पछुतो हुनेवाला छ । त्यसैले जिब्रोले फरक स्वादको मस्मको स्वाद लिन चाहानुहुन्छ भने यी २ ठाउँ अवस्य पाल्नुहोला ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?