अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट पत्रकार हरिप्रसाद भूसालले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। भुसालले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घाेषणा गरेका हुन्।
लामाे समयदेखि पत्रकारितामा सक्रिय भूसाल सामाजिक कार्यमा पनि सक्रिय छन्। उनले निर्वाचन मिति घाेषणा भएदेखि नै जिल्लामा कुनै न कुनै व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिनुपर्ने आवाज उठाउँदै आएका थिए। अन्तत: उनी आफैँ चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णयमा पुगेका छन्।
भूसाल केही वर्षअघि विवेकशील साझा पार्टीमा सक्रिय थिए। भुसालले २०७४ काे निर्वाचनमा विवेकशील साझा पार्टीबाट अर्घाखाँची प्रदेश (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी पराजित भएका भूसाल पुन: स्वतन्त्र उम्मेद्वारी दिन लागेका हुन् ।












