अर्घाखाँची : एमालेले उम्मेदवारको टुंगो लगायो, गठबन्धन अझै अलमलमै

अर्घाखाँची । आगामी मंसिर ४ को निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिदै गर्दा अर्घाखाँचीमा नेकपा एमालेले आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेको छ । तर, गठबन्धन तथा नेपाली कांग्रेस भने अझै अलमलमा छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबारसम्म पनि यहाँका मानिसले गठबन्धनका उम्मेदवार को हुन् भनेर चिन्न पाएका छैनन् । केन्द्रदेखि जिल्ला तहका नेताहरु आन्तरिक जोडघटाउमै व्यस्त छन् ।

एक संघ र २ प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसले उम्मेद्वारी दिनेछ भने प्रदेशसभा ‘क’ मा नेकपा माओवादी केन्द्र तथा प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसले उम्मेद्वारी दिने सहमती भएको छ। तर पात्र काे हाे भन्ने अझै टुंगाे छैन ।

नेकपा एमालेले प्रतिनिधिसभाका लागि पार्टिका कन्द्रीय सचिव टोपबहादुर रायमाझिलाई उम्मेद्वार घोषणा गरीसकेको छ भने १ प्रदेश (क) मा चेतनारायण आचार्य, र (ख) मा रामजी प्रसाद घिमिरेलाई उम्मेदवारका रुपमा सार्वजनिक गरेको छ । एमालेले संघ र प्रदेशमा अघिल्ला अनुहार नै उम्मेदवार बनाएको हो ।

गठबन्धनले भने आफना उम्मेदवार अहिलेसम्म सार्वजनिक गरिसकेको छैन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?