भुसालद्वारा अर्घाखाँचीबाट उम्मेदवारी दर्ता

अर्घाखाँची । कांग्रेस नेता तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा गएर गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार भुसालले मनोनयन दर्ता गराएकी हुन् । उनीसँगै प्रदेशसभा (क) बाट माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा (ख) बाट कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराए ।

गठबन्धनको सहयात्री दल राजमो सहभागी भएन । प्रदेशसभामा उम्मेदवारी नपाएकोमा असन्तुष्ट छ । राजमोले उम्मेदवारी दिने तयारीमा छ ।

२०६४ सालको पहिलो संविधानसभा चुनावमा पुष्पाले तत्कालीन निर्वाचत क्षेत्र २ बाट चुनाव जितेकी थिइन् । त्यतिबेला हालका एमाले सचिव टोपबहादुर रायमाझीले माओवादीबाट चुनाव जितेका थिए । दोस्रो संविधानसभामा पनि दुवै जना उम्मेदवार बने । रायमाझीले जिते । तर, पुष्पा एमालेका उम्मेदवार डा. दुमन थापासँग पराजित भइन् ।

संघीयतापछिको २०७४ को चुनावमा पुष्पा समानुपातिक उम्मेदवार बनिन् । संघीय संसद्‌की उपसभामुख उनी अहिले गठबन्धनको सहयोगमा एमाले सचिव रायमाझीसँग भिड्दैछिन् । रायमाझीले यसअघि २०६४ को पहिलो संविधानसभा चुनावमा कांग्रेसका मानबहादुर विश्वकर्मा, दोस्रोमा कांग्रेसका रामबहादुर विसी, ०७४ मा पनि कांग्रेसका बिसीलाई नै पराजित गरे ।

पहिलो संविधानसभामा छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट चुनाव जितेर १५ वर्षको अवधिमा रायमाझी पटक-पटक मन्त्रीसहित उपप्रधानमन्त्री भए । पुष्पा कांग्रेस संघीय संसदीय दलको सचेतक हुँदै उपसभामुख बनिन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?