पार्टी प्रवेश गराउन टोपबहादुरको निर्देशनमा खानेपानी आयोजनाको मोटर उखेलेर बाँडियो

अर्घाखाँचीमा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोपबहादुर रायमाझीले जनतालाई पार्टी प्रवेश गराउन अन्य खानेपानी आयोजनाको मोटर उखेलेर बाँडेको खुलासा भएको छ । एमाले नेता रायमाझीको निर्देशनमा सन्धिखर्क नगरपालिका– ९ का वडा अध्यक्ष पदमबहादुर भुसाल र शिक्षक बलबहादुर रायमाझीसहितको टोलीले अर्घा धारापानी-मैदान लिफ्ट खानेपानी आयोजनाको मोटर सोझा जनतालाई दिएर प्रलोभनसहित पार्टी प्रवेश गराएको पाइएको हो।

स्थानीयका अनुसार वडा अध्यक्ष भुसाल, शिक्षक रायमाझी र वडा सदस्य नारायणबहादुर रायमाझीले सो खानेपानी आयोजनाको (५ एचपीको) मोटर १-२ दिनमा ल्याउँछौँ भन्दै आयोजनास्थलबाटै निकालेर घर्तीखोरका जनतालाई दिएर पार्टी प्रवेश गराएका थिए। तर, वडाअध्यक्ष भुसालले भने मतदातालाई प्रभावित बनाउनको लागि मोटर बाँड्यो भन्ने कुरा गलत भएको बताएका छन्। उनले नयाँ खानेपानी आयोजना सुरू गर्ने तयारी भएकोले परीक्षणको गर्न केही दिनको लागि मात्रै मोटर त्यहाँ लैजान दिएको तर आफू त्यसमा सहभागी नभएको बताए।

‘हामीले कसैलाई पार्टी प्रवेश गराउनको लागि मोटर बाँडेका छैनौँ, बलबहादुर सरको ससराली त्यहीँ भएकोले उहाँहरूले चेक गर्न लैजान्छौँ भन्नु भएकोले मैले दिएको हुँ,’ वडा अध्यक्ष भुसालले आफ्नो बचाउ गर्दै भने,‘अब चेक हुन्छ होला अनि फिर्ता ल्याउन लगाउँछु।’

यद्दपी, स्थानीयले भने चेकरजाँचबारे केही थाहा नभएको र आफूहरूलाई भोट हाल्नुहोला भनेर मोटर दिएको बताएका छन्। ‘यो मोटर वडा कार्यालयको पनि रहेन्छ, अन्त कहाँबाट ल्याछन्। अहिलेसम्म जोड्देका छैनन्, चुनाव अगाडि नगर्दे त फेल भइयो कर, नगर्देनन् भोट हाल्न गइन्न, हाम्ला के ?,’ स्थानीय एक पुरूषले भने।

केही दिनअघि पनि अर्घाखाँचीमा नेता रायमाझीकै निर्देशनमा पाइप बाँड्दै गर्दा प्रहरीले बरामद गरेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?