अर्घाखाँचीबाट दिल्लीसम्म बस सेवा सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म वातानुकूलित, सुविधा सम्पन्न नेपाल भारत मैत्री बस सेवा सञ्चालन भएको छ ।

सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुसी भएका छन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालन हुन लागेको बसको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरे । बस सेवाको सञ्चालन गर्दै प्रमुख श्रेष्ठले जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताए ।

बस सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुर हुँदै दिल्ली पुग्नेछ । सन्धिखर्कबाट झण्डै ९ सय किलोमिटरको दूरीमा दिल्ली रहेको छ ।

३६ सिट रहेको बसमा २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ  । अहिलेका लागि हप्ताको ३ दिन बस सेवा सञ्चालन हुनेछ ।

सोमवार, बुधवार र शुक्रवार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधवार, शुक्रवार र आइतवार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने छ ।

काठमाण्डौमा वातानुकूलित बस सेवा सञ्चालन गर्दै आएको यातायात व्यवसायीले मोटरबाटोको सहजतासँगै यातायात सेवा थप गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको रुट सल्लाहकार भानुभक्त भुसालले बताए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?