टोपबहादुरको दाबी : चुनावपछि गठबन्धन टुक्रा टुक्रा हुन्छ

अर्घाखाँची । नेकपा एमालेका सचिव तथा अर्घाखाँची प्रतिनिधिसभाका उम्मेदार टोपबहादुर रायमाझीले चुनावपछि गठबन्धन टुक्रा टुक्रा हुने दाबी गरेका छन् ।

सोमबार अर्घाखाँचीमा पत्रकारहरुसंग कुरा गर्दै रायमाझीले गठबन्धनमात्र नभइ त्यहाँका सबै पार्टी टुक्रा-टुक्रा हुने दाबी गरे ।

उनले गठबन्धन लक्ष्यविहिन, एजेण्डाविहिन, उदेश्यविहिन भएको आरोप समेत लगाए । उनले गठबन्धन आफु आफैमा कसको बिचार कसले मान्ने भन्नेमा हानथाप रहेको बताउँदै गठबन्धन अस्तित्वको रक्षामा रहेको बताए । उनले गठबन्धन भित्र शक्तिसन्तुलन मिलाउन समस्या रहेको ठोकुवा गर्दै भने,’त्यहाँ शक्तिसन्तुलन मिलाउन गाह्रो छ । एक्लो पार्टीमा त शक्तिसन्तुलन मिलाउन गाह्रो हुन्छ । पाँच दलमा कति गाह्रो होला ।’

रायमाझीले गठबन्धन कक् टेल जस्तो भएको समेत बताए । उनले गठबन्धन लट्टे खुँदो मिलाएको जस्तो भन्दै बिचार एजेण्डा बोकेको एकमात्र पार्टी एमाले भएको बताए । उनले अबको चुनावपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेत्रृत्वमा सरकार भन्ने ठोकुवा समेत गरे ।

उनले अर्घाखाँचीको प्रदेशसभा र प्रतिनिधिसभामा अत्याधिक मतले जित्ने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?