पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ ।

इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए । ४५ रन हुँदा ३ विकेट गुमाएर दबावमा रहेकाे इंग्ल्याण्डलाई उनले जितसम्म पुर्‍याएका हुन् ।

यस्तै जोस बट्लरले २६ तथा ह्यारी ब्रुकले २० रनको योगदान दिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो । सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतकीय साझेदारी गरेका ओपनिङ जोडी कप्तान बाबर आजम र मोहम्मद रिजवान छिट्टै आउछ हुँदा पाकिस्तान इनिङ्सको सुरुवातदेखि नै रक्षात्मक बन्न पुगेको थियो ।

रिजवान १५ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा आएका मोहम्म ह्यारिसले पनि ८ रनमात्र जोड्न सके । कप्तान बाबर २८ बलमा ३२ रन बनाएर आउट हुँदा ११.१ ओभरमा पाकिस्तान ८४–३ को अवस्थामा पुगेको थियो । त्यसको अर्को ओभरमै आउट भएका इफ्तिकर अहमदले रनको खाता खोल्नै सकेनन् ।

पाँचौं विकेटका लागि शान मसुद र सादव खानले ३६ रनको साझेदारी गरेका थिए । शानले २८ बलमा सर्वाधिक ३८ रन बनाए । सादव २० रनमा आउट भए । त्यसपछि पाकिस्तानका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

इंग्ल्याण्डका साम कुरानले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रनमात्र खर्चिए । आदिल रशिद र क्रिश जोर्डनले २ तथा बेन स्टोक्सले १ विकेट लिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?