वेल्समाथि सहज जितपछि इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

मार्कस राशफोर्ड प्रेरित इंग्ल्याण्ड टिम वेल्समाथि ३-० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निराशाजनक प्रदर्शनसँगै वेल्स विश्वकपबाट बाहिरियो ।

नकआउट चरणमा पुग्नका लागि वेल्सले कि इंग्ल्याण्डलाई हराउनुपर्ने थियो वा इरान र अमेरिकाबीचको खेल बराबरीमा सकिनुपर्ने थियो । वा, सो खेलमा चार गोलको अन्तरमा जित हार हुनुपर्ने थियाे ।

खेलमा इंग्ल्याण्डले कुनै पनि समय दवावको सामना गर्नुपरेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा उनीहरु पूर्णतः हाबी थिए । क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

वेल्सका प्रशिक्षक रब पेजले आफ्ना सुपरस्टार ग्यारेथ बेललाई पहिलो हाफमै सब्स्टिच्युड गर्ने निर्णय लिए । किनभने ४५ मिनेटको अवधिमा यी स्टार खेलाडीले मात्र सातपल्ट बल छोएका थिए । तर, यो रणनीतिले पनि काम गरे । दोस्रो हाफ सुरु भएको ६ मिनेटभित्र इंग्ल्याण्डले २ गोल गरेको थियो ।

५०औं मिनेटमा वेल्सका एथन अम्पाडुले फिल फोडेनमाथि फल गरेपछि पाएको फ्रिकिकमा राशफोर्डले शानदार गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै इंग्लिस टिममा आफ्नो पुनरागमन सार्थक पार्दै म्यानचेस्टर सिटीका मिडफिल्डर फोडेनले कप्तान ह्यारी केनको क्रस उपयोग गरी अर्को गोल गरे ।

लगातार दुई गोल वेल्सलाई निराश बनाउन काफी थियो । किनभने उनीहरुलाई थाहा थियो, यो खेलपछि घर फर्किनुपर्छ । वेल्सका गोलरक्षक वार्डको कमजोरीको फाइदा उठाउँदै ३८औं मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्डले सहज विजय पायो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?