भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, पोखरामा सार्वजनिक विदा

पोखरा । ५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा हुने भएको छ । ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन् ।

शुभारम्भ समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन संघ संस्थाको सहभागितामा उद्घाटन हुने उनले बताए । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

फोहोरको समस्या अस्थायी समाधान

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ देखि विमानस्थल सञ्चालन गर्ने घोषणा गर्दा सबैभन्दा ठूलो चुनौती पोखराको फोहोर व्यवस्थापन गर्ने स्थल ल्याण्डफिल साइटकै थियो । विमानस्थलको २ किलोमिटर मात्र टाढा रहेको ल्याण्डफिल साइट नहटाउँदा त्यहाँ आउने चराका कारण दुर्घटना निम्तिन सकिने भन्दै प्राधिकरणले हटाउन आग्रह गरेको थियो ।

प्राधिकरणको आग्रह अनुसार पोखरा महानगरपालिकाले पुरानो ल्याण्डफिल साइटमा फोहोर फाल्न छाडेको छ र वडा नं ३२ को लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्न थालेको छ ।

विमानस्थल उद्घाटनको अघल्लो दिन शनिबार पोखरा महानगरपालिकाले पत्रकार सम्मेलन गरी फोहोर व्यवस्थापनको टुंगो लागेको जानकारी दिएको छ । मेयर धनराज आचार्यले दीर्घकालीन रुपमा पोखरा–३३ पुँडिटारमा प्रशोधन केन्द्र बनाउन लागेको जानकारी दिए । ‘६ महिना पुरै ल्याण्डफिल साइट खोज्नमै लाग्यो । धेरै हण्डर ठक्कर खायौं’, मेयर आचार्यले भने, ‘अन्तत:, हामीले तत्कालीन र दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको टुंगो लगाएका छौं ।’

पोखरा महानगरपालिका-३३ पुँडीटारको झाँक्री खोलामा पुनः प्रशोधन केन्द्र बनाएर दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने र त्यो नबन्दासम्म पोखरा–३२ लामेआहालको खोला छेउमा व्यवस्थापन हुने उनको भनाइ छ ।

‘दुई दिनभित्र ग्लोबल टेण्डर निकाल्ने तयारी छ । सबैभन्दा राम्रो प्रस्ताव जसको आउँछ त्यो सार्वजनिक गर्छौं’, मेयर आचार्यले भने ‘गुरुकुल, विद्याश्रम र राधाकृष्ण मन्दिरसहित स्थानीयको करिब ३० रोपनी जमिन पहिरोले खसेको छ । यसरी नै पहिरो खस्न थाले राजमार्गसम्म आउँछ । तत्काललाई त्यहाँ फोहोर फालेर हरेक दिन त्यसलाई परिन्छ ।’

प्रत्येक दिन फोहोर फाल्लेनवित्तिकै त्यसलाई माटोले छोपिने मेयर आर्यले बताए । सेती नदीकै किनार भए पनि नदीलाई कुनै असर नपर्ने गरी व्यवस्थापन मिलाइएको आचार्यको दाबी छ ।

दीर्घकालीन रुपमा प्रशोधन केन्द्र बनाउन कम्तीमा ६ महिना लाग्ने मेयर आचार्यले बताए । त्यसका लागि ४/५ वटा कम्पनीको प्रस्ताव आएको र त्योमध्ये सबैभन्दा राम्रो प्रस्तावलाई कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

फोहोरबाट सीएनजी ग्यास, पाइप, ब्लक, बिजुली उत्पादन गर्नेसम्मको प्रस्तावहरु आएको उनले बताए । ‘फोहोर भन्नेबित्तिकै तर्सिनपर्ने होइन भन्ने गरी, त्यहाँ लगेर देखाउने गरी काम गर्छौं,’ आचार्यले भने । यो प्रशोधन केन्द्र ७० रोपनी जमिनमा बन्ने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?