प्रतिनिधिसभाको सभामुखमा घिमिरे निर्वाचित

काठमाडौं ।  प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ गठबन्धनतर्फका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्। आजको संसद्‍ बैठकमा कुल २६८  जना सांसद उपस्थित रहेको सभामुख तथा ज्येष्ठ सदस्‍य पशुपति शमशेर राणाले जानकारी दिए।

प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा घिमिरेले १६७  मत पाए। त्यस्तै, उनको विपक्षमा  १०० मत र मत दिन्नँ भन्नेमा एक मत परेको छ।

सभामुखको उम्मेदवारमा नेकपा एमालेका देवराज घिमिरे र  नेपाली कांग्रेसका  ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको थियो।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने थिए।

त्यस्तै, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला थिए।

बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?