रास्वपालाई गृह नदिने मुडमा प्रधानमन्त्री, सरकारबाट बाहिरिने रविको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृह मन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्।

बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।

‘उहाँहरूले भागबन्डाअनुसार पाएको मन्त्रालय दिनुपर्ने अडान लिनुभयो। गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ। तर, प्रधानमन्त्रीज्यू तत्कालै दिने मनस्थितिमा हुनुहुन्न,’ बालुवाटार स्रोतले भन्यो।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भर्खरै नागरिकता लिएकाले गृहमन्त्रालयको जिम्मेवारी दिन नसकिने बताएका थिए। माओवादी केन्द्रभित्र रास्वपालाई गृहमन्त्रालय दिन नहुने पक्षमा अधिकांश नेताहरू रहेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?