गठबन्धनका शीर्ष नेतालाई सांसद घिमिरेको सुझाव : “सरकारलाई छिटोभन्दा छिटो पुर्णता दिनुहोस्”

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सत्ता गठबन्धन दलका नेताहरु वार्तामा बसि सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिनुपर्ने बताएका छन् ।

शुक्रबार लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको पाचौं बैठकमा बोल्दै घिमिरेले सरकारका अगाडी गम्भीर चुनौतीहरु थुप्रिएको भन्दै चुनौतीलाई सामना गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

“म अप्रेक्षा गर्छु । अब छिट्टै गठबन्धनका दलका नेताहरु सघन ढंगले वार्तामा बस्नुहोस् र सरकार विस्तार गर्नुहोस् ।” घिमिरेले भने “सरकारका अगाडी गम्भीर चुनौतीहरु छन् । ती चुनौतीहरुलाई सामना गरेर अगाडी बढ्नुहोस् ।”

उनले छिटोभन्दा छिटो सहमतिमा पुगेर सरकारलाई पूर्णता नसके झन चुनौतीहरु थपिँदै जाने स्पष्ट पारे । प्रदेश सभा सदस्य घिमिरे लुम्बिनीका उद्योगहरुले बैंक चर्को ब्याजको समस्या भोग्नु परेको स्मरण गराउँदै उद्योगका समस्याहरुको यथोचित ढंगले खोजी गरि समाधान गर्नुपर्नेमा जोड दिए ।

घिमिरेले लुम्बिनी प्रदेशको हिलो सरकारले सुरु गरेको रणनीतिक महत्वका केही आयोजनाहरु पछिल्लो सरकारको पालामा हराएको बताउँदै नवगठित सरकारले ती आयोजनाहरु खोज्नुपर्ने जिकिर गरे । ती आयोजनाहरुलाई यथोचित बजेटको व्यवस्था गरि सम्पन्न गर्नुपर्ने उनको भनाई थियो ।

No description available.

उनले संरचनाबिना नै रातारात प्रदेश सभा देउखुरी उपत्यकामा सारिनुले कर्मचारी संयन्त्रलाई हतोत्साहित बनाएको भन्दै कर्मचारीहरु सरुवा लिएर अन्त जाने प्रवृति देखिएको उल्लेख गरे । कर्मचारीको यो स्थिति रहिरहे सरकारले काममा गति लिन नसक्ने भन्दै गम्भीर रुपमा ध्यान दिनुपर्नेमा जोड दिए ।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?