स्वस्थानी व्रत आज समापन

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ ।

हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् ।

स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि काठमाडौंको शालीनदी, पशुपतिको गौरीघाट, भक्तपुरको हनुमानघाट लगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि निराहार रहेर स्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा बाचन गर्ने, सुन्ने र पूजाआजा गर्ने चलन छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?