निजगढको विकासको लागी यहाँको जनप्रतिनिधिसँग सहकार्य गर्नेछु : मन्त्री सरोज यादव

प्रलाद तिमल्सिना,
बारा । मधेश प्रदेश सरकारका भौतिक पुर्वाधर बिकाश मन्त्री सरोज यादबले निजगढको विकासको लागी सहकार्य गरेर काम गर्ने बताएका छन । शनिबार बाराको निजगढ गौरीशंकर क्याम्पसको परिसरमा भएको एक कार्यक्रममा मन्त्री यादबले यस्तो बताएका हुन ।

अन्य प्रदेशमा सत्ता गठबन्धनको खटपट पर्न सक्ला बरु हाम्रो यस प्रदेशमा ५ बर्ष नै गठबन्धन बिच मिलेर काम गर्ने मुख्यमन्त्री संग समझदारी भएको कारण पनि यो सरकार दिगो रहेको मन्त्री यादबले बताए । नेकपा एमालेका मधेश प्रदेशका संसदिय दलहका नेता समेत रहेका मन्त्री यादबले हामीले जनता नै सर्बोपरी ठानेर काम गर्ने प्रणय गरेको बताए ।
यो सरकारले जनतालाइ नै सर्बोपरी ठानेर काम गर्ने लक्ष्य लिएको कारण समाजका हरेक अंगमा मधेश सरकार भएको अनुभुत हुनेगरी काम गर्ने मन्त्री यादबको भनाइ रहेको थियो ।

यसै क्षेत्र १क बाट निर्वाचित मुख्य मन्त्री सरोज कुमार यादव आफ्नो हितैसी मित्र रहेको र १ख का त्रिलोकी चौधरी र बारा क्षेत्रनं १ का संघिय सांसद अच्युत मैनाली र नगरप्रमुख सुरथ पुरी,उपप्रमुख सँग निजगढको विकासको निम्ती सल्लाह लिएरै विकास निर्माणको काममा अघि बढने बताएका छन ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराकि उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नं ७ का वडा अध्यक्ष टेक ब थिङ्ग, वडा नं ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, गौरी शंकर मा वि ६ विद्यालयका प्रधानाध्यपक यादव कु तिमल्सिना , गौरी शंकर क्याम्पसका अध्यक्ष एक ब श्रेष्ठ , गौरी शंकर मा वि ६ विद्यालयका अध्यक्ष थानेश्वर सापकोटा र सन्चारकर्मी गोकुल घोरसाईने, प्रलाद तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?