विवेकशील साझा पार्टीमा महिला नेतृत्व

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन्। महासचिवमा रञ्जु दर्शना सर्वसम्मत चयन भएकी छन्।

काठमाडौंमा सम्पन्न प्रथम महाधिवेशनबाट मिलन पाण्डे र प्रकाशचन्द्र परियार सर्वसम्मत रुपमा उपाध्यक्ष चयन भएका छन्।

अन्य पदाधिकारीमध्ये सचिवमा पवित्रा थापा, विमल तामाङ र समुद्र केसी सर्वसम्मत चयन भएका छन्। कोषाध्यक्षमा दामोदर नेपाल चयन भएका छन्।

महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। महाधिवेशनले २१ जना केन्द्रीय सदस्यहरु चयन गर्ने र १३ जना केन्द्रीय समितबाट मनोनयन गरिने भएको छ। ८ केन्द्रीय सदस्य भने हाललाई  रिक्त राखिने भएको छ।

वैकल्पिक राजनीतिको नारा बोकेर २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा स्थापना भएको विवेकशील साझा पार्टीले ‘हामी उठ्नेछौं ’ भन्ने अठोटका साथ पुनर्जागरणको अभियान थालेको हो। पटक(पटक विभाजनको सिकार हुँदै आएको यो दलले काठमाडौंमा शुक्रबारदेखि दुईदिने प्रथम महाधिवेशन गरेर आफूलाई ब्युँताएको हो।

पार्टीको अध्यक्ष र महासचिव दुबै पदमा महिलालाई सर्वसम्मत रुपमा चयन गरेर पार्टीको महाधिवेशन शनिबार सकिएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?