बिद्यार्थी संगठन र बिद्यार्थी

बर्तमान अवस्थामा सम्पूर्ण आर्थिक क्षेत्र भित्र भइरहेको गतिविधिहरुले राज्यलाई नै राज्यविहिन दिशातर्फ धकेलिरहेछन् । यो परिस्थितिलाई नसम्हाल्ने हो भने कसैले पनि कुनै पनि क्षेत्रमा केही गर्छु भनेर नसोचे हुन्छ । देश आर्थिक रुपमा जर्जर छ, विकासका कामबाट हुनुपर्ने आर्थिक विकास हुन सकेका छैनन् । जुनसुकै कोणबाट हेर्दा पनि देशको आर्थिक र सामाजिक विकास ठप्प पारिएका छन् देशले धान्नै नसक्ने वा अप्राकृतिक माग र हडतालका आधारमा । हडतालका पनि प्रक्रिया हुन्छन् तर प्रक्रियाको वास्ता कसले गर्ने ? जसको मनमा जे आयो त्यही गर्न छुट भिडलाई कसले नियन्त्रण गर्ने ।

शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहन सकेन र शिक्षित कहलाईएका उच्च शिक्षाका विद्यार्थी र शिक्षकबाट समेत सोही हर्कत गरिनु कुनै पनि कोणबाट न्यायसंगत मान्न सकिन्न ।

अहिले फेरी विद्यार्थी संगठनको त्रिविमा चुनाव हुने चर्चा चलेको छ र त्यसमा कसलाई उम्मेदवार बनाउने भन्ने कुरा प्रत्येक राजनैतिक दलको चासोको विषय बनेको छ । उच्च शिक्षा तहस नहस हुनुमा एउटा प्रमुख कारण यही हो भन्दा फरक पर्दैन । जवसम्म राजनैतिक दलहरुले आफ्नो रिमोट कन्ट्रोलबाट विद्यार्थी नेता नचाई रहन्छन् तवसम्म नेपालमा शिक्षा विकास सम्भव छैन, यो विगत ६ दशकको अनुभव हो नेपाली जनताको । के हो विद्यार्थी संगठन भनेको ? के काम गर्नुपर्ने हो त्यस्ता संगठनले ? एक जमाना यस्तो थियो जुनबेला विद्यार्थीहरु संगठित भएर एकतन्त्र विरुद्ध उभिनु पर्ने थियो । त्यतिखेर खुला राजनैतिक माहौल नभएकाले अहिलेको जस्तो राजनैतिक गतिविधि र त्यसमा लागिपर्ने कार्यकर्ताको खडेरी नै थियो । भित्र भित्रै संगठित भएर विद्यार्थीहरुले गरेको योगदानकै कारण २०३६ सालको जनमत संग्रह र २०४६ सालको नेपालको दोस्रो प्रजातन्त्र सम्भव भएको हो भन्ने कुरामा कुनै शंका छैन । त्यसको जस विद्यार्थी संगठनहरुलाई जान्छ र जानु पनि पर्छ । अहिले त प्रायः राजनैतिक दलका आ–आफ्नै राजनैतिक संगठन छन् । जहाँ विद्यार्थीको भन्दा राजनैतिक कार्यकर्ताको बढी संख्या विद्यमान छ । यस्तो अवस्थामा पनि विद्यार्थी संगठनहरु राजनैतिक दलका भरिया भइरहने स्थिति लाजमर्दो हो र यसको विकल्प उनीहरुले खोज्नै पर्ने हुन्छ ।

विद्यार्थीले क्याम्पस वा विश्वविद्यालयबाट खोज्ने कुरा के ? नियमित र गुणस्तरीय पठन पाठन, नियमित मूल्यांकन, समयमै नतिजा प्रकाशन, “पठन पाठन र कार्यबजार बीच समन्वय” र डिग्री पाउनासाथ रोजगारीको अवसर । यो भन्दा अरु “हक“ उनिहरुको केही हुन सक्दैन र यो भन्दा वाहेकको परिस्थितिमा उनीहरुको “हित“ पनि संरक्षण हुँदैन । यदि साच्चै विद्यार्थीहरुले यो “हकहित” लाई आत्मसात गर्ने हो र आफ्नो भविष्य उज्ज्वल वनाउने हो भने उनीहरुले गर्नुपर्ने थुप्रै कामहरु छन् संगठित रुपमा । यस अर्थमा अझै पनि विद्यार्थी संगठनहरुको औचित्य समाप्त भएको मानिने छैन । कक्षा नियमित हुन्छ कि हुँदैन ? शिक्षकहरु नियमित र तोकिएको समयमा कक्षामा प्रवेश गर्छन कि गर्दैनन् ? शिक्षकहरुले पुरा समय पढाउँछन् कि पढाउँदैनन् ? विद्यार्थीहरुलाई समस्या परेको बेला शिक्षकहरुले समय दिन्छन कि दिदैनन् ? पुस्तकालयमा यथेष्ट रुपमा नयाँ नयाँ संस्करणका पुस्तकहरु छन् कि छैनन् ? कम्प्यूटर प्रयोगशाला र इन्टरनेटको व्यवस्था छ कि छैन ? विज्ञान प्रयोगशालामा उपकरण र रसायनहरु उपलब्ध छन् कि छैनन ? आफुले लिदै गरेको शिक्षा विश्ववजारमा कतिको काम लाग्ने छ ? जस्ता महत्वपूर्ण प्रश्नहरुमा केन्द्रित रही आपूm र आफ्ना सहपाठीको भविष्य उज्ज्वल वनाउन जुट्नु पर्ने विद्यार्थी संगठन आज राजनैतिक विचारका आधारमा फुटेका छन् । आ–आफ्नो माग भनेर यीनै भ्रातृसंगठनहरुको “गैर शैक्षिक” गतिविधिका कारण लाखौं विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलिएको छ । यस्तो अवस्थामा न त नियमित पठन पाठनको प्रश्न उठाउन सकिन्छ न त विद्यार्थीको भविष्यनै उज्ज्वल बनाउन सकिन्छ ।

यी भ्रातृसंगठनहरु वनाउने र तिनलाई उक्साउने काममा प्रविण हाम्रा राजनैतिक दलहरुले शैक्षिक संस्थामा नियुक्त हुने पदाधिकारीहरुको समेत भागवण्डा राजनीति गरेर झन् आगोमा घिउ थप्ने काम गरेका छन् । त्यस्तै विद्यार्थीको दुरुपयोग गरी शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्चाउने काम पनि राजनैतिक दलहरुले गर्दै आएका छन् । आज प्रत्येक कलेज, क्याम्पस र विश्वविद्यालयहरु चन्दा रसिद बुझ्न र तीनको भुक्तानी गर्न वाध्य वनाईएका छन,धम्की र त्रासको भरमा । यसरी विद्यार्थी संगठनहरु सर्वत्र आलोचनाको पात्र भएका छन् । विद्यार्थीलाई पढ्नबाट वञ्चित गरेर आफ्नो भारी बोकाउने काम राजनैतिक दलहरुको लागि सुहाउने काम पटक्कै होइन । यसबाट उनीहरुले कलिला मष्तिष्कका युवाहरुको भविष्यको खिल्ली उडाएका छन् । आफुले त्यस्तै राजनीति गरेर माथिल्लो तहसम्म पुगेको उदाहरण दिदै नयाँ पुस्ताको भविष्य माथि खेलवाड गर्ने अधिकार राजनैतिक दलहरुसँग हुनु हुँदैन र छैन पनि । यसको प्रत्यक्ष प्रमाण हो शैक्षिक संस्थामा हुने अराजकता र त्यसमा साथ दिने “खाटी कार्यकर्ता” ।

विश्ववजारमा नयाँ नयाँ ज्ञान विकिरहंदा हाम्रो पुस्तक पसलहरुमा पुराना नोट र प्रश्नपत्रको फोटोकपी विक्रि हुन्छ । सूचना र संचारको एक्काइसौं सताब्दीमा विश्वका विद्यार्थी रमाउँदा हाम्रा विद्यार्थी शिक्षकले लेखाएका नोट कण्ठ गर्न मै व्यस्त वनाइन्छन् । आफु सरहका विश्वका सहपाठीहरु उतिनै योग्यताका आधारमा कुनै कम्पनीको मालिक भइसक्दा आफु भने सदरमुकामको अफिसहरुमा जागीर खोज्न वाध्य वनाइन्छन् । अन्यत्र पढ्ने आफ्ना साथीहरु पढाई सकी कार्यबजारमा विकिसक्दा आफु भने परीक्षाको मिति घोषणाको वा परीक्षाफलको नतिजा कुर्नुपर्ने वाध्यता भित्र अल्झेका विद्यार्थीको वास्तविकता बुझ्ने कसले रु अभिभावकको खर्चमा येनकेन पढाई गर्नुपर्ने र आंशिक समय पनि काम नपाइने हाम्रो परिस्थितिमा “दुइ वर्षको पढाइ पाँच वर्षसम्म” लगाउनु पर्दा त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने ? वाकसभरी प्रमाणपत्र थुपारेर माथिल्लो डिग्री गरिसक्दा पनि रहरले एक कप चिया पिउन पैसा नभएका हाम्रा विद्यार्थीको पीडा बुझु्ने कसले ?

राजनीतिक दलको बुई चढेर यही मूलमर्म माथि प्रहार गर्ने काम विद्यार्थी संगठनहरुले तुरुन्त रोक्नु पर्छ । आजैका मितिबाट उनीहरुले राज्यभर सञ्चालन हुने विश्वविद्यालयको क्यालेण्डर प्रणाली चुस्त वनाउन र उपयोगमा ल्याउन मात्रै पनि दवाव दिन सके भने वल्ल विद्यार्थी संगठनको औचित्य पुष्टी होला । जुनवेला पायो त्यही बेला भर्ना गर्न, परीक्षाको प्रवेशपत्र फाराम समयमा नभर्न, परीक्षाको मिति सार्न जस्ता क्यालेण्डर ध्वस्त हुने नकारात्मक क्रियाकलापहरुमानै प्रवृत्त भइरहने हो र त्यसैलाई आर्थिक उपार्जनको माध्यम वनाईरहने हो भने विद्यार्थी संगठनहरुको औचित्य माथि प्रश्न उठाउन सकिन्छ । यसको सट्टा वरु विश्वविद्यालय र यस अन्तर्गतका कलेजहरुमा पठन पाठनको स्तर तोक्न, सक्षम गुरुहरुको नियुक्ती गर्न, पूर्णकालीन गुरुहरुलाई पूर्ण समय काममा लाग्न, अन्यत्र जिल्लाबाट आएका साथीहरुको लागि छात्रावासको व्यवस्था गर्न, पढाईका अतिरिक्त मनोरञ्जन र खेलकुदका कार्यक्रम नियमित गर्न, कुनै पनि वहानामा हुने वन्द र हडतालको प्रभाव शिक्षामा पर्न नदिन जस्ता सकारात्मक कामहरुमा विद्यार्थी संगठनहरुले कसरत गर्ने हो भने उनीहरुको औचित्यमाथि प्रश्न उठाउनु कूनैपनि हालतमा युक्तिसंगत हुंदैन ।

कमल घिमिरे अर्घाखाँची

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमल घिमिरे
लेखकको बारेमा

कमल घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका साहित्य लेखक हुन्।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?