जंगल सम्पत्ति कि धरोहर ?

मानवीय सभ्यताको सुरुवात देखी नै प्राकृतिक स्रोतको अधिकतम उपयोग हुदै आएको पाईन्छ ।
जल, जमिन र जंगल मानिस बाच्ने आधार नै हुन । हाल विश्वमा दुई किसिमको अर्थतन्त्र रहेका छन । एक सेवा क्षेत्र र अर्को उत्पादन र विक्रि वितरण । सेवा क्षेत्रमा क्यातधबचभ हरुको विकास, विकास र बजारिकरणका साथै श्रमको माध्यमबाट अरुको सेवा गर्ने (पर्यटन) जस्ता कुराहरु रहेका हुन्छन भने अर्को तर्फ बस्तुको उत्पादन, प्रयोग र विक्री वितरण ।
नेपालको कुल भु-भागको करिव ४७.७४ प्रतिशत बनजंगल तथा बुट्यानले ओगटेको भएतापनि यहाँ जंगलको बहुआयामिक उपयोग भएको पाईदैन । परम्परागत रुपमा जंगल तथा बनस्पति जन्य बस्तुलाई जीवन निर्वाहको आधारमा नै प्रयोग गरिदै आएकोमा हाल यसको प्रयोगको स्वरुपमा परिवर्तन गर्नु पर्ने आवश्यकता दिनानुदिन बढदै गएको महसुस हुदै गएको छ  । परम्परागत रुपमा जंगललाई घास, दाउरा, चरन क्षेत्रको रुपमा प्रयोग गरिएता पनि हाल विश्व ब्यापिकरण, उदारीकरण, शिक्षा तथा चेतनामा आएको बृद्धिको कारण जंगलको उपयोग घास दाउरा र चरन क्षेत्रको रुपमा घटदो क्रममा रहेको छ । मानिसहरु आय आर्जनको लागि अन्य पेशा अगाल्न थाले संगै जंगलको उपयोगमा आएको गिरावटको कारण नेपालमा काठ जन्य बस्तुमा समेत आयातमा निर्भर हुन पुगेको छ ।

हालको अवस्था:-

जंगलको संरक्षण गर्दै गर्दा यसको बहुआयामिक उपयोगको कार्यदिशा पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । जंगल के को लागि रु अक्सिजनको लागि मात्र वा जनजिविकाको लागि वा हजारौ मानिसलाई विस्थापित गरी जलबायु वित्तको लागिरु हाम्रो देश नेपाल जलबायु परिवर्तको जोखिमको हिसावले विश्वमा चौथो स्थानमा रहेको छ तर नेपालले विश्वमा उत्पादन हुने हरितगृह ग्यासको उत्पादनको हिसावले जम्मा ण्।ण्द्दठ प्रतिशत मात्र हरितगृह ग्यास उत्पादन गर्छ । न्यून मात्रका हरितगृह ग्यासको उत्पादन गर्दा पनि यति ठुलो जोखिमका रुपमा रहेको नेपालले जलबायु वित्तबाट लिएको पैसा नगन्य मात्र छ । अव अरुको आश गर्ने भन्दापनि नेपालले आफ्नो अर्थतन्त्रको विस्तारलाई बढाउदै स्वम् अनुकुलन क्षमता बढाउनु पर्ने छ । जंगललाई रोजगारीको माध्यमबाट विकाससंग जोडनु प्रमुख आवश्यकता हो ।
बन जंगलको संरक्षण गर्ने कार्य कटानी फडानी रोक्नु मात्र हैन । बनस्पति आफै उत्पादक हो । उत्पादकको प्रयोग कम गर्ने कार्य आफैमा विरोधाभास हो । उत्पादकको उत्पादन दर भन्दा बढि नहुने गरी अधिकतम प्रयोग गर्नु नै संरक्षणको आयाम हो । Rate of production cannot be less than its consumption को अवधारणालाई आत्मसाथ गर्दै बनस्पतिजन्य प्रदार्थको अधिकतम प्रयोग गर्न सोही अनुसारका नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनु पर्दछ । मानिसलाई हरेक विरुवा लगाउदा र त्यस विरुवाको संरक्षण गर्दा उक्त बिरुवाले उसलाई दिने आर्थिक लाभलाई सुनिश्चित गर्न सके मानिसहरु स्वम् वृक्षारोपणमा लाग्ने र राज्यलाई बन जंगलको संरक्षणमा हुने दायित्व कम हुने हुन्छ ।
परम्परागत रुपमा गरिने बन जंगलको प्रयोग हाल घट्दो क्रममा छ । मानिसहरु खाना पकाउने, जाडोमा आगो ताप्ने, बस्तुहरुलाई पानी तताउने वा दाना पकाउने कार्यको रुपमा गर्ने दाउराको प्रयोग कम हुदै गएको छ । दाउराको सट्टामा हिटर तथा विद्युतीय उपकरणको प्रयोग बढदो छ । पशुपालन  पनि घटदो क्रममा छ । स्याउला सोत्तर तथा घाँसको रुपमा जंगलको प्रयोग कम हुदाँ जंगल झाडीमा परिवर्तन भएका छन । मानिस र जंगली जनावरको टकराव बढ्दो छ । जंगली जनावर तथा किटपतङ्गको आतङ्कि विपदको रुपमा परिवर्तन भएका छन । मानिसको जिउ ज्यान तथा सम्पत्तिको सुरक्षा हुन सकेको छैन । बनस्पतिजन्य पदार्थ आफै कुहिने र नष्ट हुने अवस्थामा छ । बन जंगल सम्पत्तिको रुपमा प्रयोग हुन नसक्दा यसको संरक्षणमा मानिसको चासो घटदो छ । डढेलो निभाउन अग्रसर हुने समाज आफै जंगलमा आगो लगाउने कार्यमा लागेका घटना देख्न र सुन्न पाउछौ । जनावर आतङ्केले गर्दा मानिसहरुको बसाई सराई बढदो छ ।

अवको बाटो :-

बन जंगलको बहु आयामिक उपयोग गर्न नसके बन जंगलको संरक्षणमा स्थानीयको सहभागिता न्यून हुने र सरकार एक्लैले बन जंगल संरक्षणमा लाग्नु पर्ने हुन्छ । जंगलको संरक्षण र उपयोगमा सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट हुन सके स्थानीय समुदाय नै यसको संरक्षणमा सक्रिय हुने, स्थानीय स्तरमै रोजगारी सृजना हुने, राष्ट्रिय आयमा बन जंगलको हिस्सा वृद्धि हुने साथै निर्यात प्रवर्द्धन हुदै भुक्तानि सन्तुलनमा समेत सहजता हुन्छ । वातावरणको उचित संरक्षण गर्दै वातावरणलाई विकाससँग जोडन सरकारले निम्नानुसारका नीतिगत तथा कार्यक्रमगत कार्यहरु गर्न सक्दछ ।
१. बनको वर्गीकरणलाई अझ बैज्ञानिक बनाउने । सरकारले संरक्षण गर्नु पर्ने बन जंगलको खाका तयार गर्ने ।
२.स्थानीय समुदायको सहभागितामा संरक्षण गर्नु पर्ने बन लाई बन जंगलको हरेक उत्पादनको बजारीकरण तथा औद्योगीकिकरण गर्ने । जस्तै बन क्षेत्र र बनस्पतिको संख्यामा कमी नहुने गरी निजी बन तथा स्थानीय सामुदायिक बनको हरेक उत्पादनको विक्री वितरणको सुनिश्चितता गर्ने । स(साना काठबाट प्लाईउड बनाउने किसिमका फर्निचर उद्योग हरु खोल्न निजी क्षेत्रलाई प्रत्साहन गर्ने । पुराना रुखको कटानी, झाडीको सफाई गर्दा प्राप्त हुने दाउरा तथा पात जन्य प्रदार्थको विक्रि वितरणको लागि सोही किसिमका कार्यक्रमहरु स्थानीय निकायहरुबाट संचालन गर्ने ता कि बनस्पति जन्य कुनै पनि पदार्थ खेर जान नदिने । यसो गर्दा सामुदायिक बन जंगलको संरक्षण हुने, निजी बन जंगलको विकासमा पनि समुदायको सक्रियता बढनुका साथै स्थानीय आयमा बृद्धि हुन्छ । मानिस आफ्नो निजी जग्गालाई जंगलको रुपमा विकास गरी आय आर्जन गर्न सक्दछन । रोजगारी सृजना हुदै गरिवी न्यूनीकरणमा सहयोग पुग्दछ ।
३. बन क्षेत्र र बनस्पतिजन्य पदार्थमा कमि नहुने शर्त तथा मापदण्डहरु सहित बन क्षेत्रको सिमाङ्क न र बनस्पति जन्य प्रदार्थको यकिन गरी सो को संरक्षण र प्रयोगलाई  निजी क्षेत्रलाई लिजमा दिने ।सरकारको तर्फबाट प्रभावकारी अनुगमनको व्यवस्था गर्ने र रोयल्टी तथा वार्षिक एकमुष्ट रुपमा सरकारले राजश्व लिने ।
४. जैविक विविधताको संरक्षण गर्दै पर्या पर्यटन प्रवर्द्धनमा स्थानीयको नेतृत्व र अपनत्व हुने गरी कार्यक्रमहरु संचालन गर्ने । यस बाट हुने आम्दानीको केही प्रतिशत रकम सोही स्थानीय क्षेत्रको विकासमा लगाउने नीतिगत व्यवस्था गर्ने ।
५. बन जंगलमा भएको जडिबुटी प्रशोधन, उपयोग र निर्यातको लागि जडिबुटी जन्य उद्योगको संचालन गर्ने । किसानलाई जडिबुटी जन्य बनस्पति लगाउनको लागि प्रोत्साहन गर्ने ।
नारायण प्रसाद दमासे
भुमिकास्थान-८ अर्घाखाँची
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?