back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

नक्कली भुटानी शरणार्थी प्रकरण : केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश

spot_img

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका एक अधिकारीले बताए । २७ असारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

जसमध्ये कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा पठाइएका छन् भने दुई जना भने धरौटी बुझाएर रिहा भएका छन् । तुलाधरसहित केही व्यक्ति भने फरार रहेका थिए । उनी पक्राउ परेपछि आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?