पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीको आयोजनामा आर्थिक बर्षका योजनाहरुको सयुक्त अनुगमन

अर्घाखाँची । भेटेरिनरी अस्पताल तथा पशु सेबा विज्ञ केन्द्र अर्घाखाँचीले जिल्लाभित्र रहेका सहकारी समुह फर्म लगायतको सयुक्त अनुगमन गरेको छ ।

जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाको सयोजकत्वमा जिल्लामा रहेका अधिकाश फर्महरूमा अनुगमन गरेको हो । आर्थिक बर्ष २०७९/८० मा सञ्चालित विभिन्न योजनाहरुको सयुक्त अनुगमन गरेको हो । अनुगमनका क्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनरायण कोइरालाले वास्तविक किसानको घरदैलोमा राज्यको सेवा सुविधा पुगेकोे बताउदै उनले पशुपालन राम्रो व्यवसाय भएकाले किसानको फाइदाको लागि पशु पालनलाई यान्त्रिकिकरण गरिनु पर्ने बताए ।‘

पछिल्लो समय किसानको साथमा राज्यका निकायहरु पुगिरहेका छन्, यहि नै प्रयाप्त त छैन तर किसानलाई सहयोग चाहीँ पुगिरहेको छ’ उनले भने–‘यसलाई यान्त्रीकिकरण गर्न सके किसानले अझ बढि मुनाफा प्राप्त गर्न सक्छन् ।’ भेटेरिनरी अस्पताल तथा पशु सेबा केन्द्र अर्घाखाँचीका प्रमुख बिष्णु पौडेलले आफुहरुले वास्तविक किसानलाई सहयोग गरेको बताए ।

अनुदान कार्यक्रम अन्तर्गत मागका आधारमा व्यक्तिगत फर्मलाइ ५० हजार देखि २ लाख सम्म अनुदान दिएको बताए । आर्थिक बर्ष २०७९÷८० मा प्लास्टिक पोखरीको लागि १ लाख प्रतिफलमा आधारित ६ सहकारी लाई अनुदान वितरण गरेको बताउदै जिल्लामा उत्कृष्ट दुध डेरी सञ्चालन गरेको अर्घाखाँची दुध डेरी उधोगलाई १२ लाख अनुदान दिएको बताए ।

कार्यालयले अर्घाखाँची जिल्लामा साईलेज उधोग १ भुमिकास्थान नगरपालिका वडा न ६ मा रहेको दुर्वागमा ८ लाख बाख्रा ब्लक विकास का लागि १६ लाख मालारानी गाँउपालिका वडा ६ र ९ मा स्मार्ट कृषि गाँउ को लागि २५ लाख छत्रदेब गाँउपालिका वडा न ७ बाख्रा खोर सकलन केन्द्र उन्नत कार्यक्रम घाँस औषधी भ्याक्सिन बाख्रा ब्रिडर हर्डको लागि १२ लाख सनपा १२ जालकाँडा कृषि सहकारी बाख्रा मल्टीप्लास्टर २ वटा भुमिकास्थान नगरपालिका वडा न २ छत्रदेब गाँउपालिका ७ क्षेत्रका स्थान बहुउदेश्यीय कृषक समुह भुमिकास्थान नगरपालिका वडा न ४ मा १० लाख खोरेत रोग नियन्त्रण अभियान १४५२५ सख्यामा प्रविधि हस्तान्तरण १ लाख गरेर जिल्लाका विभिन्न स्थानमा रहेका सहकारी समुह फर्ममा अनुदान वितरण गरेको कार्यालय प्रमुख बिष्णु पौडेलले बताए ।

स्थानीय सरकारले बास्तविक किसानलाई कुनै ध्यान नदिएको अनुदान वितरण मुखि भएको बताउदै भेटनरी अस्पतालले बिगतमा पनि गरेको सहयोगले आफुहरूलाई धेरै फाईदा भएको बताउदै यस्ता कार्यक्रम लाई प्रभाबकारी बनाएर कृषकका पक्षमा काम गनुपर्ने सन्धिखर्क नगरपालिका वडा न ३ मा विगत केही बर्षदेखि शिवालय पोल्टी फर्म सञ्चालन गदै आएका दिपक भुसालले बताए ।

युवाहरू रोजगारीका लागि बिदेशीक रोजगारमा जाने तर प्रशस्त सम्भावना भएको देशमा सरकारले नागरिक लाई कुनै व्यबसायमा सरिक गराउन नसक्नु दुखद भएको बताउदै आफुहरूलाई भेटनरी अस्पतालले गरेको सहयोग धेरै फाईदा भएको बताए । अनुगममा पाणिनि गाउँपालिका वडा न ४ पटौटी मा सञ्चालन भएको देउराली छुर्पी उधोगले भेटनरी अस्पताल कृषकका पक्षमा राम्रो काम गरेको बताए ।

कार्यक्रममा निमिक्त समन्वय अधिकारी बिनोद कुवर , जिल्ला प्रशासन का प्रशासकीय अधिकृत सरोज भुसाल पत्रकार शोभाखर पन्थी लगायतको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?